धनकुटामा सुरु भयो सुन्तला टिप्ने मेला
धनकुटा खबर, १ माघ । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेमा बुधबार बाट २ दिने सुन्तला टिप्ने मेला सुरु भएको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरेर आयोजना गरिएको सुन्तला टिप्ने महोत्सवको मुख्य उद्येश्य भने भ्रमण वर्षका अतिरिक्त कृषी पर्यटनको विकास गर्ने र अनुसन्धान केन्द्रको प्रचारप्रसार गर्ने रहेको अनुसन्धान केन्द्रका प्रमुख उमेश आचार्यले जानकारी दिए ।
अनुसन्धान कार्यक्रमले सुन्तला पाकेको वेलामा आन्तरिक पर्यटकहरु आउने र केन्द्रमा आएका अधिकांश पर्यटकले आफै सुन्तला टिप्ने रहर गर्ने गरेका कारण यो वर्ष सुन्तला टिप्ने मेला लगाईएको अनुसन्धान केन्द्रका प्रमुख आचायको भनाई छ ।

मेलामा अनुसन्धान केन्द्रमा अनुसन्धान गरिएका र अनुसन्धान गरि विकास गरिएको अमिलो जातका विभिन्न फलफुलका जातहरु पनि प्रर्दशनीमा राखिएका छन् । वि.स.२०२८ सालमा धनकुटा नगरपालिका वडा नं १० पारिपात्लेमा स्थापना गरिएको नेपालको एक मात्र राष्ट्रिय सुन्तला जात अनुसन्धान केन्द्र हो ।
केन्द्रले अमिलो जात अन्र्तगतका सुन्तला, कागती, जुनार लगायतका अमिलो जातका नगदे फलफुलको वारेमा अनुसन्धान गर्दै आएको छ । महोत्सव विहानको दश तीस वजे खुल्ला हुनेछ भने दिउसो दुई तीस सम्म खुल्ला रहनेछ । मेलाको उत्घाटन प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले गर्नू भएको थियो ।
यो पनि हेर्नुहोस् – धनकुटामा १०० रुपैंयामा पेट भरी सुन्तला खान पाईने


