धनकुटामा यसरी जु’धाईयो गोरु (हेर्नुहोस् भिडियो सहित)

धनकुटाको पाख्रीवास ७ मा गोरु जु'धाई प्रतियोगिता सञ्चालन

शर्मिला राई, धनकुटा खबर, माघ १ । आज माघ १ गते, माघे सक्रान्ति पर्वको अवसरमा आज धनकुटाको पाख्रीवास ७ मा गोरु जु’धाई प्रतियोगिता सञ्चालन गरिएको छ ।

प्रगतिशिल सेवा समाज पाख्रीवास ७ को आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगितामा चुङमाङका राज कुमार गिरीको गोरुले जीत हाँसिल गरेको छ । जीत सँगै विजयी गोरुको धनिलाई नगद २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा महसुर राईको गोरुले दोश्रो र धन वहादुर विश्वकर्माको गोरुले तेश्रो स्थान हाँसिल गरेको छ । दोश्रो र तेश्रो भएका गोरुका धनिहरुलाई क्रमश नगद १० हजार र ५ हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

त्यस्तैगरी पोल चढाई प्रतियोगिताको विजयी पाख्रीवास ७ का दावा तामाङ हुनुभएको आयोजक संस्थाका सचिव शंकर विश्वकर्माले जानकारी दिनुभयो । उहाँले नगद २ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

पुराना खेलहरुको पुर्नताजगी गराउदै खेल प्रति युवा पुस्ताको अभिरुचि वृद्धी गर्ने लक्षका साथ सञ्चालित प्रतियोगिताका विजयीहरुलाई नगर प्रमुख वृष वहादुर राईको प्रमुख आतिथ्य तथा प्रगतिशिल सेवा समाजका अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा राईजातीको ढोल नाँच,तामाङ जातीको तामाङ सेलो, संगीनी, मारुनी लगायतका नृत्य समेत प्रदर्शन गरिएको थियो । सोही अवसरमा खेल मैदान नजिक निर्माण गरिएको गोरु माथि आशिन भगवान शिव जी को मूर्तिको समेत समुद्घाटन गरिएको छ ।

नगरको आर्थिक सहयोगमा निर्मित यो प्रतिमूर्तिको नगर प्रमुख वृष वहादुर राईले उद्घाटन गर्नुभएको थियो । यो प्रतियोगिता गत वर्षदेखी आयोजना गर्न थालिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।