धनकुटामा गुडिरहेको बसमा आ’ग्लागी, ५ जना घा’ईते
धनकुटा खबर, माघ ३ । कलेजको विद्यार्थी लिएर धनकुटावाट विराटनगर तर्फ गईरहेको रिजर्भ यात्रुवाहक वसमा आज अ’चानक आग्’लागी हुँदा ५ जना विद्यार्थी घा’ईते भएकाछन् ।
विराटनगरको ईडेन वर्ग कलेजका ३८ जना विद्यार्थी सवार ना ५ ख ८००३ नं रिजर्भ वस तालिम सकेर धनकुटावाट विराटनगर तर्फ फर्किदै गरेको वेला धनकुटाको सागुरीगढी गाउँपालिका ६ मा पुग्दा वस गुडीरहेकै समयमा अचानक आ’ग्लागी भएको प्रहरीले जनाएको छ ।
वसमा आग्लागी भएपछि विद्यार्थीहरु भागाभाग गर्ने क्रममा ५ जना घा’ईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख सुर्दशन कोईरालाले जानकारी दिनुभयो ।
घा’ईते विद्यार्थीहरुलाई उपचारका लागि स्थानिय स्वास्थ्य संस्थामा पठाईएको उहाँले वताउनुभयो । वसका चालक र सहचाल फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।


