दुःखद् खबर : रहेनन् शिक्षक संगठन धनकुटाका अध्यक्ष अधिकारी
धनकुटा खबर, माघ ९ । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाका अध्यक्ष तथा नेपाल रेडक्रस शोसाईटी धनकुटाका कार्यवाहक अध्यक्ष छत्र अधिकारीको ५४ वर्षको उमेरमा आज विहान दुखद निधन भएको छ ।

पारिवारिक श्रोतका अनुसार जिल्लाको छथरजोरपाटी गाउँपालिका ४ का अधिकारीलाई मुखको क्यान्सरको समस्या थियो । शिक्षण पेशामा सम्वद्ध उहाँलाई मुख को क्यान्सर भएपछि करिव ७ महिना पहिले भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसयता फलो अपमा रहनुभएका उहाँको विहान आफ्नै घरमा निधन भएको परिवारले जनाएको छ ।
छथरजोरपाटी गाउँपालिका चुलाचुली माविमा पढाउदै आउनुभएका अधिकारी २०४७ साल यता नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्धभई महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आउनुभएको थियो । उहाँको परिवारमा एक छोरी, दुई छोरा र श्रीमती छन् ।


