सुरेन्द्र महर्जन”अमर” को २३औं कृति सा र्वजनिक

काठमाडौ । मान्छेभित्र रहर अनि चाह हुनु ठुलो हो कथामा लामो विद्या उपन्यास हो ‘साहित्यमा सबैभन्दा बढी पढिने विधा भन्नुपर्दा उपन्यास हो l यस्तो सर्वाधिक लोकप्रिय विधाको कृति सार्वजनिक गरेर सुरेन्द्र महर्जन ‘अमर’ ले पठन संस्कृतिलाई प्रोत्साहित गर्ने काम गर्नुभएको छ l’

कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यास लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को २३औं कृति एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ को लोकार्पण समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै वरिष्ठ गीतकार भूपाल राईले यी कुराहरु भनेका हुन् ।

तीन दशकभन्दा बढी समयदेखि साहित्यिक क्षेत्रमा समर्पित रहेका ‘अमर’ को सो उपन्यास विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । समारोहका प्रमुख अतिथि राईले अगाडि भने –’म राईको छोरो, हाम्रो आफ्नै बान्तवा भाषा छ l तर म आफ्नै भाषा लेख्न जान्दिन l बहुप्रतिभाका धनी सुरेन्द्र महर्जन आफ्नो मातृ भाषामा पनि साहित्य सिर्जना गर्नुहुँदो रैछ l यो गर्वको विषय हो l थोरै काम गरेर धेरै हल्ला गर्नेहरुको भीडमा सुरेन्द्रजीलाई धेरै काम गरेर पनि हल्ला नगर्ने सर्जकको रुपमा मैले पाएँ l’

कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्रीविलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा. धनप्रसाद सुवेदी, ओएस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’ लगायतले उपन्यास ‘स्माइल ड्रिम’ को लोकर्पण गरेका थिए । कार्यक्रममा ‘स्माइल ड्रिम’ को अडियो पनि एकैसाथ विमोचन गरिएको थियो । अडियो उद्धोषण राधिका घिमिरेले गरेकी छन् ।


ओएस नेपालको आयोजनामा सम्पन्न सो लोकार्पण कार्यक्रममा अतिथिहरुले उपन्यास सरल भाषामा लेखिएको र पठनीय रहेको विचार राखेका थिए l समालोचक डा. धन प्रसाद सुवेदीले उपन्यासको समीक्षात्मक टिप्पणी गर्दै भने- ‘म पात्र’ स्माइलले व्यक्त गरेको आफ्नो कथा नै उपन्यास हो l

सानैमा बाबुआमा गुमाएर अनेक दु:ख हण्डर खाँदै राजधानीमा आएर सङ्घर्ष गरिरहेको कर्णालीको एउटा युवकको कथा उपन्यासले बोकेको छ l एउटी युवतीसँगको उसको प्रेम र त्यसपछि विरक्तिएको जीवन अनि शान्तिको खोजीमा ओशो आश्रमको शरण उपन्यासका मूल विषय हुन् l’ डा. सुवेदीले उपन्यासको सबैभन्दा सवल पक्ष सरल र आकर्षक भाषा – शैली भएको पनि बताए l कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यास राईजिङ्ग क्रिएटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो ।

 

‘अमर’ का यसअघि अनुष्का, मिस्ड कल र अदभूत शीर्षकका तीन उपन्यास पाठकमाझ आईसकेका छन् । यसअघि चित्रकारिता, कवितासङ्ग्रह, गीतसङ्ग्रह, नेवारी गीतसङ्ग्रह, हाइकुसङ्ग्रह, गीति एल्बम आदि विधाका गरी उनका २२ कृति सार्वजनिक भइसकेका छन् । यो उपन्यास सत्य घटनामा आधारित रहेको कुरा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ ले जानकारी गराए l

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।