चीनमा रहेका नेपालीलाई स्वदेश फ र्काइँदै, विशेष चा र्टर्ड विमानबाट ल्याइने

काठमाडाैं, १९ माघ । कोरोना भा इरस प्रभावित क्षेत्र हुवेई प्रान्तमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काइने भएको छ । बेइजिङस्थित नेपाली दूतावासले शनिबार एक सूचना प्रकाशित गर्दै चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काइने जनाएको छ ।

चीनमा कोरोना भा इरसको संक्रमण तीव्र गतिमा फैलँदै गएपछि सरकारले हुवेई प्रान्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो । अहिलेसम्म चीनमा कोरोना भाइरसबाट २५८ जनाकाे ज्यान गइसकेकाे छ र हजाराैँ प्रभावित बनेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाइरहेका छन् ।

दूतावासकाे सूचनाअनुसार नेपालीलाई स्वादेश फर्काउनको लागि विशेष चार्टर्ड उडान गर्ने तयारी गरिएकाे छ । सूचनामा सो क्षेत्रमा रहेका र नेपाल फर्कन चाहने सबै नेपालीलाई वेबसाइटमा राखिएको फारम भरेर इमेल मार्फत दूतावासमा पठाउन आग्रह पनि गरिएको छ ।

नेपालीले भरेका फर्मका आधारमा चार्टर विमानको व्यवस्था गरिनेछ । फारम फेब्रुअरी २ तारिख स्थानीय समय बिहानको ९ बजेसम्म भरिसक्न आग्रह गरिएको छ । ढिला गरी भरिएका फर्म स्वीकार्य नहुने दुतावासले जनाएको छ ।

केही आवश्यक परे दुतावासको मोबाइल नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।-न्यूज२४

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।