भ्र ष्टाचा र गरेको फे ला परेमा कुनै हा लतमा छो डिदैनः प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग सम्बन्धित व्यक्तिले भ्रष्टाचार गरेको फेला परेमा कुनै हालतमा नछोड्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकको समापन समारोहमा बोल्दै प्रधान मन्त्री ओलीले कसैले पनि भ्रष्टाचार नगरोस भन्ने चाहाना भएपनि कोही फेला परेमा कारवाहीको भागिदार हुने बताए। विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रयासरत रहेको उनले बताए।

ओलीले सरकारले गरेका काममा पार्टीले सहयोग गर्नुपर्ने उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार सरकारले पनि काम गर्ने प्रतिवद्धता जनाए। तल्ला तहका कमिटीहरुमा पनिपार्टी र सरकारको समन्वय आवश्यक रहेको ओलीले बताए। राष्ट्रियसभा निर्वाचनमा पार्टीले १६ सिट जितेको र नेकपाले समर्थन गरेको दलले पनि २ सिटमा जित हात पारेको प्रशंग उल्लेख गर्दै ओलीले भने, ‘यो जितलाई हामीले शिखरका रुपमा लिनुहुन्न।

यसलाई प्रारम्भको रुपमा लिनुपर्छ। यो हाम्रो विकासको सिढीँ हो शिखर होइन्।’ पार्टीको पाँच दिने बैठक उपलब्धि मुलक भएको उल्लेख गर्दै आगामी बैठकहरुमा वैचारिक छलफललाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सन्दर्भमा सरकार अत्यन्तै गम्भिर रहेको समेत जानकारी दिए। चीनको प्रभावित क्षेत्रमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफलहरु जारी रहेको उल्लेख गरे ।

चीन सरकारले नेपाली विद्यार्थीहरुलाई सुरक्षित ठाउँमा राखेको र उनीहरुलाई नेपाल फिर्ता गरेपछि सुरक्षित रुपमाराख्ने ठाउँको खोजी भइरहेको उनले बताए ।प्रधानमन्त्री ओलीले बैठकमा बो’क्सी वि’रुद्धको अभियान, छुवाछुत विरुद्धको अभियान, छोराछोरी पढाउने अभियानका सन्दर्भमा सशक्त भएर अगाडि बढ्न अखिल नेपाल महिला संघ लगायत पार्टीका भातृ संगठनहरुबाट सुझाव आएकाले त्यसैअनुसार पार्टीले अभियान सुरु गर्ने बताए।

प्रधानमन्त्री ओलीले सफलता पूर्वक सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी एकजुट भएर अगाडि बढेको सन्देश दिएको बताए । पार्टीले एकताको सन्देश दिएको समयमा केही सञ्चार माध्यमहरुले पार्टी भित्र गुट उपगुट छ भनेर अप मानित गरेको उनले भने, ‘देशको अपेक्षा अनुसार पार्टी एकजुट भएर, एक ढिक्का छ भनेर अगाडि बढेको छ’, उनले अगाडि भने, दुःखको कुरा केही सञ्चार माध्यमले हामीलाई यताको भाग उता छ भनेर अत्यन्तै अपमानित गरको छन्।

हामी त्यसको गोठभित्र, त्यसको कटेरोभित्र यसको झुण्डभित्र परेका मान्छे होइनौ। हामी हरेक इन्डिपेन्डेण्ट नेता हौँ।’ आफ्नो स्वस्र्थपूर्तिक लागि यता उता भनेर समाचार छाप्ने गरेको आरोप प्रधानमन्त्री ओलीले लगाए। देश निर्माणका लागि अगाडि बढेको एउटा नेतृ त्वको झुण्डलाई यताको भागमा उति टाउको उताको भागमा यति टाउको जस्तो गरेर अंशवण्डा जस्तो ग¥यो। फरक विचार आउने वित्तिकै, छलफल हुने वित्ति कै मान्छे भाग लगाएर अप’मानित गरेका छन्’, उनले भने, पार्टी एकता एक दिन, दुई दिनका लागि भएको भनेर नसम्झिन आग्रह गर्दै ओलीले खास उद्देश्य लिएर पार्टी एक भएको बताए। उनले नेकपा निरन्तर अगाडि बढ्ने पनि बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।