यसका रण बने वामदेव गौतम नेकपाको उ पाध्यक्ष

काठमाडौं, माघ २० । सचिवालयबाट प्रस्ताव गरेको ६ महिनापछि वामदेव गौतम नेकपाको उपाध्यक्ष बनेका छन्।

केन्द्रीय कमिटी बैठकले पार्टीमा उपाध्यक्ष रहने प्रावधानसहितको विधान संशोधन पारित गरेपछि गौतमको पद निश्चित भएको हो।

स्थायी कमिटी बैठकमा गौतमलाई मात्र किन उपाध्यक्ष भन्दै तत्कालिन एमालेमा गौतमसँगै उपाध्यक्ष निर्वाचित भएका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली लगायतका नेताले प्रश्न उठाएका थिए।

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण गर्न सूत्रधारको भूमिका खेलेका गौतम एकतापछि असन्तुष्ट थिए।

प्रतिनिधिसभाको चुनावसमेत हारेपछि उनको राजकीय भूमिकामा सक्रिय हुने योजना पनि सफल भएन।

त्यसैले उनले पार्टीभित्र वा राजनीतिक नियुक्तिमार्फत कुनै भूमिका दिन नेताहरुलाई आग्रह गरेका थिए।

उनले गत वर्ष स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै १६ पृष्ठको छुट्टै प्रतिवेदन पेस गरेका थिए।

ओली क्याम्पका नेता गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहालको पक्ष लिने गरी भूमिका खेलेपछि ओली समूहमा उनलाई आफ्नै क्याम्पमा फर्काउनुपर्ने दबाब उत्पन्न भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

त्यसपछि सचिवालय सदस्यको पदबाट बढुवा गरेर उनलाई उपाध्यक्ष बनाउने सहमति भएको हो।

गौतमको पार्टीभित्र अहिले सानो समूह छ। उनी सशस्त्र द्वन्द्वकालमा दाहालसँग पनि निकट थिए।
त्यसैले दाहालले उनलाई नजिकको ठान्छन्।

ओलीलाई तत्कालिन नवौँ महाधिवेशनमा अध्यक्ष जिताउनका लागि भूमिका खेलेका कारण गौतम ओली क्याम्पको पनि ‘पिलर’ थिए।

आन्तरिक समिकरणमा ओली र दाहाल दुबै गौतमलाई आफू निकट बनाउन चाहन्छन्। गौतम रिसाउदा एक अर्कालाई घाटा हुने अवस्था छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖