पो ल्ट्रीमा का र्टेलिङको अ सर : ब्रो इलरको मासु अहिलेसम्मकै म हंगो

काठमाडौं, माघ २१ । ह्याचरी तथा दाना उद्योगीको कार्टेलिङका कारण कुखुराको मासु छोइनसक्नु भएको छ।

पुस पहिलो साता प्रतिकिलो २ सय ५० रुपैयाँमा बिक्री भएको मासु अहिले ४ सय २० रुपैयाँ पुगेको खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

व्यवसायीले जानाजान मूल्य बढाउँदा सरकार भने मुकदर्शक बनेको छ।

मासु तथा अण्डा उत्पादनको हकमा पशु सेवा विभाग र मूल्य वाणिज्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागले नियमन गर्नुपर्छ।

तर, यी दुई निकायले अनुगमन नै गरेका छैनन्। चल्लाको मूल्य पनि एक सातामै प्रतिगोटा ४० रुपैयाँ बढेको छ।

पुस पहिलो साता कुखुराको मासु प्रतिकिलो २ सय ५०, दोस्रो साता २ सय ७०, तेस्रो साता २ सय ९० रुपैयाँ प्रतिकिलो पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

माघ दोस्रो सातासम्म ४ सय रुपैयाँ र तेस्रो सातादेखि प्रतिकिलो चार सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

उत्पादन नै कम हुँदा मूल्य बढेको संघका सचिव देवकुमार गिरीको दाबी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।