मन्त्रीहरुको गु’नासो,- प्रधानमन्त्री मालिक, हामी नोकरजस्तै भयौँ

काठमाडौँ । वर्तमान मन्त्रिपरिषद्का सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट रहेको कान्तिपुर दैनिकमा समाचार छ । ‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’

उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक अरु सबैको एजेन्डामाथि रुखो ढङ्गले केरकार गर्छन् । अरुका कुरा कम सुन्छन् र आफ्ना धारणा धेरै राख्छन् ।

‘कतिसम्म भने उहाँ आफ्नै विश्वासमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रपति प्रदीप ज्ञवालीको कुरा पनि राम्रोसँग सुन्नुहुन्न, ’ ती मन्त्रीले भने, ‘उहाँहरुको एजेन्डामा समेत अति सोधपुछ गरेको देखेर हामी छक्कै पर्छौं ।’ ओली मन्त्रीहरुसँग मात्रै होइन सचिवहरुसँग पनि कडा मिजासमा प्रस्तुत हुन्छन् । ओलीको शैलीकै कारण पनि उनीसँग रुष्ट हुनेको सङ्ख्या धेरै रहेको टिप्पणी मन्त्रीहरु गर्छन् ।

तर ओलीनिकट मानिने केन्द्रीय सदस्य उनी यही शैलीका कारण यहाँसम्म आइपुगेको बताउँछन् । ‘उहाँलाई पार्टीभित्रै घेराबन्दीमा पार्दा पनि यही शैलीकै कारण यहाँसम्म आइपुग्नुभएको हो,’ ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्, ‘स्वास्थ्य अनुकूल रहँदासम्म र उहाँ खट्न सकुन्जेलसम्म प्रधानमन्त्रीज्यूका लागि अरु केही कुरा प्रतिकूल छैन ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖