छाउगोठ भ,त्काइनुमा डलर खेती गर्नेको टाउको दु,ख्नु स्वाभाविक – सांसद पाल

काठमाण्डौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद निरु देवी पालले सुदूरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भ,त्काएकोमा वि,रोध गर्नेलाई एक दिन मात्रै छाउगोठमा बसेर देखाउन चु,नौती दिनुभयो । उज्यालोमा खबर छ ।

उहाँले भन्नुभयो, ‘डलर खेती गर्नेहरुले टाउको दुखाइ गर्नु स्वभाविक हो, तर अरुको टाउको दुखाइ हुन पर्नुको कारण मैले बुझ्नसकेकी छैन । त्यस्तो टाउको दुखाइ हुनुपर्ने दाजुभाइ हुनुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्दछु । सुदूरपश्चिमेली कर्णालीका हरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ । केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भ,त्काउने गृहमन्त्रालयको कार्यको विरोध गर्नुभएको थियो ।

त्यसैगरी सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भए पनि कार्यान्वयन नहुन नसकेको भन्दै त्यसबारे यथार्थ जानकारी सदनलाई गराउन माग गर्नुभयो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दिलेन्द्र प्रसाद बडूले कोराेना भाइरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ? भनी प्रश्न गर्नुभयो । उहाँले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्नसक्ने तयारी के छ सो बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रुपमा कोरना भाइरसका बारेमा नकारात्म सन्देश फैलिरहेको भन्दै नेपाल सरकारलाई साँचाे हिसाबले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मूल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरुले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । देवप्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यस तर्फ ध्यानाकर्षण गराउनुभयो ।

देवेन्द्रप्रसाद पौडेलले एनसेल कर लाभांश विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङजस्ता प्रकरणहरु दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानबिन गरी सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नारायण प्रसाद खतिवडाले भ्रमण वर्ष मनाउँदै गर्दा काठमाण्डौसँग जोडिएको नुवाकोटसम्म पुग्ने पासाङ ल्हामू राजमार्ग र टोखा छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडकसुधार र पुनर्निर्माणमा ध्यान दिनुको साथै टेण्डर भइसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖