जब प्रचण्ड थ कान मे ट्न भन्दै काहुँडाँडा पुगे….

– कृष्ण दवाडी

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दैनिकी प्रायः व्यस्त हुने गर्दछ । सत्तारुढ पार्टीको कार्यकारी अध्यक्ष उनी बिहानैदेखि राति अबेरसम्म विभिन्न कार्यक्रममा व्यस्त रहन्छन् । आफ्नो व्यस्त समय तालिकाबाट उन्मुक्ति खोज्दै अध्यक्ष प्रचण्ड कहिलेकाही शान्त तथा रमणीय स्थानमा पुगेर थकान र व्यस्ततालाई भुल्दै आउने गरेका छन् ।

पार्टीको पाँच दिन लामो केन्द्रीय समितिको बैठकपछि आज दिउँसो १ः३० बजे पोखरा विमानस्थलमा उत्रे लगत्तै उनी परिवारका सदस्य तथा पार्टीका केही नेतासहित पोखरा महानगरपालिका–११ मा अवस्थित रमणीय काहुँडाँडा पुगे । विगतमा अध्यक्ष प्रचण्ड पोखरा ओर्लिए लगत्तै विभिन्न कार्यक्रम व्यस्त हुने गर्थे । कार्यक्रम भेट्टाउनै मुस्किल पर्दथ्यो । आज भने उनले आराम गर्ने समय निकाल्दै पार्टीका नेताहरुलाई आनन्दित र रमणीय कुनै नयाँ ठाउँमा जाने इच्छा प्रकट गरेका थिए ।

काहुँडाँडाबाट पोखरा बजार, हिमश्रृङ्खला तथा वरिपरिका डाँडाहरु निकै रमणीय र सुन्दर देखिन्छ । यहाँको धरहरा चढेर निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल, फेवाताल, सराङ्कोट, हेमजा, लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ । उनले भने, ‘आहा, कस्तो सन्दर पोखरा । बजार कति रमणीय देखिने रहेछ यहाँबाट, यो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा असाध्यै राम्रो सम्भावना भएको ठाउँ हो ।’

अध्यक्ष प्रचण्डले सो अवसरमा काहुँवासीका मागसमेत सुनेका थिए । स्थानीय जनप्रतिनिधि मीन गुरुङलगायलते निर्माणाधीन धर्मकाया बुद्ध मण्डला, खानेपानी समस्या तथा नयाँ निर्माण गर्ने योजना रहेको धरहराको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्दै आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । स्थानीयले राखेका समस्या समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने वचन उनले दिए ।

अध्यक्ष प्रचण्डलाई काहुँडाँडामा भेट्न पाउदा र आफ्ना मागहरु राख्न पाउँदा आफूहरु खुशी भएको वडा सदस्य गुरुङले उल्लेख गरे । गुरुङले काहुँको पर्यटकीय पूर्वाधार विकास हुनेमा आफूहरु आशावादी रहेको बताए । पक्की सडक सुविधा पुगेसँगै पछिल्लो समय काहुँडाँडा अन्नपूर्ण र माछापुच्छ«े हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।

एक हजार ४४० मिटर उचाइमा अवस्थित यहाँबाट कास्की, स्याङ्जा, तनहुँका केही भूभाग तथा अन्नपूर्ण तथा माछापुच्छ«े हिमश्रृङखला नजिकबाट दृश्यावलोकन गर्न सकिन्छ । तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र सामाजिक अभियन्ता स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा विसं २०२६ मा निर्माण गरिएको धरहरा विसं २०७२ को महाभूकम्पले क्षति पु¥याएकोमा अहिले जीर्णाद्धार गरिएको छ । नौ तलासम्मको नयाँ धरहरा निर्माणको योजना अघि सारिएको छ ।

छ रोपनी जमिनमा निर्माणाधीन धर्मकाया बुद्ध मण्डलामा ८० मिटर अग्लो बुद्धको मूर्ती, ध्यान केन्द्र, छात्रवास, सङ्ग्रहालाय र बगैँचा निर्माण गर्ने योजना छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।