प्रचण्डजी र म भर्खर ल भ परेको जोडी हो इनौँ, अर्कालाई भेट्यो कि ठु स्किने’

काठमाडौं,माघ २२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् ।

करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका थिए । उनले भनेका थिएः

– भैसेँपाटीमा केही साथीहरु बैठक बस्नुभयो तर म त्यसमा थिइनँ भनेर ओली अल्पमतमा पर्यो भनेर तपाईंहरुले लेख्नुभयो, के हामी भर्खर लभ परेका जोडी हौँ र प्रेमीले अर्कालाई भेट्यो भनेर ठुस्किने ?

– तपाईं पत्रकारहरु मेराबारे कति लेख्नुहुन्छ, मैले पनि कहिलेकाहीँ पत्रकारसँग मलाई बुझ्ने मुटु छैन कि क्या हो भनेर गुनासो गर्न नपाउने ? बलिङ भएपछि अलिअलि ब्याटिङ पनि भइहाल्छ नि ।

– रिसको झोकमा एक साथीले अर्कोलाई भन्छ – अहिले मार्दिन्छु, हात पनि उठाउला, मार्दैन नि । पत्रकार र मेरो सम्बन्ध त्यस्तै हो ।

– तपाईंले चाहेजस्तो त परको कुरा मैले चाहेजस्तो छिटो काम पनि गर्न सकिरहेको छैन, कमिटीमा वर्षौंसम्म गर्दै आएका साथीहरु छन्, मभन्दा पहिला पार्टी चलाएका र प्रधानमन्त्री भएका मित्रहरु छन्, अदब पुर्याएर काम गर्नुपर्यो, समय त लागिहाल्छ नि ।

आजको नेपाल समाचार दैनिकमा समाचार छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।