बालुवाटार जग्गा प्र,करणमा १७५ जनावि,रुद्ध मु,द्दा, कांग्रेसका उपसभापति गच्छदार र बस्न्यात पनि परे
काठमाडौं, माघ २२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवास जग्गा प्र,करणमा चारजना पूर्वमन्त्री र दुईजना पूर्वसचिवसहित १७५ जनावि,रुद्ध विशेष अदालतमा मु,द्दा दायर गरेको छ । बुधबार मु,द्दा दायर गरिएका पूर्वमन्त्रीहरुमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् ।
यस्तै, पूर्वसचिव एवं अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव दिनेशहरि अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तत्कालीन अवस्थामा उपसचिव र हाल चितवन जिल्ला अदालतमा न्यायाधीश रहेका विनोद गौतमवि,रुद्ध पनि मु,द्दा दायर गरिएको छ ।
यसैगरी, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने योजनाकार मानिएका शोभाकान्त ढकाल, उनलाई रकम दिने भाटभटेनी सुपरस्टोरका सन्चालक मीनबहादुर गुरुङ, उनकी श्रीमती र छोरावि,रुद्ध पनि अख्तियारले मु,द्दा दायर गरेको छ । यसैगरी, रुक्मशमशेर राणा र उनको परिवारवि,रुद्ध पनि मुद्दा दायर गरिएको छ ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री रहेको बेला प्रधानमन्त्री निवासले चर्चेको १७ रोपनी सरकारी जग्गा न,क्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरुमध्ये शोभाकान्त ढकालबाट सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको बिगो र जरिवाना माग गरिएको छ । यस्तै, ११० जनाबाट जग्गा फिर्ता गरी कारबाही गर्न र ६५ जनाबाट जग्गा फिर्ता लिन अख्तियारले माग गरेको छ ।


