म भाग्यमानी रहेछु, धन्न बालुवाटारमा घडेरी किनिनँ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बालुवाटारको जग्गा प्रकरणबाट जोगिएको बताएका छन् । उनले विगतमा आफू घडेरी खोज्दै हिँडेको र भवितव्यबाट जोगिएको बताउँदै आफूलाई भाग्यमानी भएको बताए । उनले भने, ‘म भाग्यमानी रहेंछु, त्यसबेला बालुवाटारमा किनबेच भइराख्या रहेछ, म घडेरी खोज्दै हिँड्याथें, धन्न बचेंछु, मैले वहाँ, बालकोट गएर किनें ।’

उनले आफूले बालुवाटारको जग्गा नकिनेर बालकोटको जग्गा किनेको बताउँदै आफू भवितव्य परेर आफू भवितव्यबाट जोगिएको बताए । उनले भने,‘खोज्ने धनीपूर्जा हो, पास गर्ने मालमा गएर हो, तपाईंहरु पनि कोही पर्नुभएन छ धन्न ! किन्न त कतै–कतै किन्नुभयो होला, अन्तै किन्नु भो यहाँ (बालुवाटारमा) पर्नुभएन ।’

प्रधानमन्त्री ओलीले ललितानिवासको जग्गा प्रकरण बाहिर आएपछि आफूले बालकोटमा रहेको आफ्नो निवासको जग्गाबारे पनि सोधीखोजी गरेको बताएका छन् ।

‘बालुवाटारको जग्गाको प्र,करण आएपछि मैले त्यहाँ सोधें साथीहरुलाई, त्यो पनि कतै सार्वजनिक जग्गा त परेको छैन ? त्यस्तो रैन छ, ढुक्क भयो ।’ उनले भने, त्यो आफ्नो हिसाबले भन्दा पनि भवितव्यले त्यस्तो नपरेको हो ।’

उनले बालुवाटारको जग्गा प्रकरणमा कसलाई कारवाही गर्ने वा नगर्ने भन्ने विषय सरकारको नभएर अख्तियार र अदालतको भएको बताएका छन् । उनले भने,‘सरकारको काम जग्गा रोक्का गर्ने मात्र हो, त्यो रोक्का राखिएको छ ।’

प्रधानमन्त्री ओलीले आफूले यो काममा कतैबाट पनि हस्तक्षेप नगरी काम गरियोस् भनेर मातहतका निकायलाई निर्देशन दिएको बताएका छन् । उनले भने, ‘मैले प्रहरीमा, सरकारका निकायहरुमा पनि दबाव र हस्तक्षेपमा काम नगर्नका लागि निर्देशन गरेको छु । दबाव र हस्तक्षेपमा काम नगर्ने र भ्रष्टाचार हुन नदिने ।’ उनले आफूले अहिले देशैभरिका सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने अभियान चलाइरहेको बताएका छन् ।

‘अहिले मैले सार्वजनिक जमीनहरु फिर्ता ल्याउँदैछु, मान्छेले निजी गराएका जमीनहरु फिर्ता ल्याउँदैछु, विभिन्न ठाउँमा फिर्ता लिने क्रम चलेको छ, सार्वजनिक सरकारी सम्पत्तिको सुरक्षा गर्ने काम सरकारको हो र त्यसलाई हिनामिना गर्न नपाउन्, भ्रष्टाचार गर्न नपाउन्, भन्ने कुरामा अहिलेको सरकार सजग छ ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।