तयारी फितलो हुँदा चीनमा रहेका नेपाली फर्काउन ढिलाई
रिया भण्डारी, काठमाडौं, २२ माघ । सरकारको तयारी फितलो हुँदा कोरोना भा,इरसको सं,क्रमण बढी रहेको चीनको हुवेई प्रान्तमा रहेका नेपाली फर्काउने ढिलाई भएको छ । हुवेईमा रहेकामध्ये १ सय ८० जनाले नेपाल फर्किन चाहेका छन् । सरकारले सोमबार नै उनीहरुलाई एक-दुई दिनमै फर्काउने भनेको थियो । तर, सरकारले ‘क्वारेन्टाइन’ गर्ने स्थानसहित अन्य तयारी गर्न सकेको छैन ।
शनिबार पर्यटन मन्त्री योगेश भट्टराईले नेपालीलाई स्वदेश फर्काउनका लागि दुई वटा विमान तैनाथीका साथ राखिएको बताउनुभएको थियो । उहाँले एक-दुईदिनभित्रै चीनको हुवेई प्रान्तमा रहेका नेपालीहरुलाई स्वदेश फर्काइने दाबी गर्नुभयो । तर, चारदिनपछि बुधबारसम्म पनि फर्काउनका लागि नेपाली पक्ष अझै तयार देखिदैन । स्वदेश फर्किनका लागि १ सय ८० नागरिकले चीनस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए ।
उद्दार र त्यसपछि उनीहरूलाई नेपालमा स्वास्थ्य निगरानीमा राख्नुपर्छ । त्यसका लागि प्रधानमन्त्री तहबाटै निर्णय भएपनि आइसोलेसनको स्थान अझै तय हुन सकेको छैन । सरोकारवाला पक्षहरुबीच छलफल भएर केही स्थानको नाम भनिएपनि टुंगो लाग्न सकेको छैन । जसले सरकारी पक्षहरुबीच नै समन्वय अभाव देखिन्छ ।
मंगलबार बसेको मुख्य सचिवस्तरीय बैठकले भक्तपुरको खरिपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्र उपयुक्त हुने निष्कर्ष निकालेको थियो । तर, त्यहाँका स्थानीयले भने वस्ती नजिक राख्न नहुने भन्दै वि,रोध जनाएका छन् । अहिले भनिएकै स्थानमा पनि ठोस तयारी छैन । आवश्यक तयारी नहुँदा–नहुँदै सरकारले भने एक-दुईदिनमै चीनबाट नेपाली फर्काउने दाबी गर्न छाडेको छैन – न्यूज २४ नेपाल ।


