सरकारी जग्गा हि नामिना प्र करण : आ रोपी अध्यागमनको नि गरानीमा

काठमाडौं, माघ २३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई विपक्षी बनाउँदै बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको उक्त प्रकरणमा सीआईबीले सार्वजनिक पदको दुरुपयोगसहित कर्मचारी, भूमाफिया, तत्कालीन भोगाधिकारी र नक्कली मोहीविरुद्ध किर्ते र ठगीमा भिन्नै मुद्दा दर्ता गर्न लागेको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर सीआईबी यो प्रकरणमा मुद्दा दर्ताको तयारीमा जुटेको छ । सीआईबी आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारीमा छ।

०७५ फागुन २८ गते सरकारले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गर्न सीआईबी र अख्तियारलाई एकैपटक जिम्मा दिएको थियो । सीआईबीले १० महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन गत साता सरकारलाई बुझाएको छ।

अध्ययनका क्रममा रहेकाले सीआईबीको प्रतिवेदनका आधारमा छुट्टै जाहेरी दर्ता हुनेछ । ‘हामीले यसअघि छानबिन गरेर रायसहितको प्रतिवेदन बुझाएका हौं,’ ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले भने, ‘अब जाहेरी दर्ता भएपछि फौजदारी अपराध कसुरमा थप अनुसन्धान गरिने छ।’

अध्यागमनको निगरानीमा
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुद्दा दायर भएका १ सय ७५ जना आरोपितलाई अध्यागमन विभागले निगरानीमा राखेको छ । विदेश भाग्न सक्ने जोखिम औंल्याउँदै विभागले आरोपित सबैमाथि निगरानीमा राखेको हो।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले मुद्दा दायर गरिएका व्यक्ति विमानस्थल र स्थल नाकामार्फत निगरानीमा परेको बताए।

‘हामीले कतैबाट पत्रचाहिँ आइपुगेको छैन, तर संवैधानिक निकायले नै अदालतमा मुद्दा दायर गरेपछि त्यस्ता व्यक्ति भाग्न सक्ने जोखिमलाई मध्यनजर गरेर सूक्ष्म निगरानी गरेका छौं,’ पौडेलले भने, ‘मुद्दा दायर गरिएका व्यक्ति विदेश जाँदैछन् भने त्यसअघि सम्बन्धित निकायलाई हामी खबर गर्छौं।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।