मेयर साप ! से नेटरी प्या ड कहिले आउँछ ?

काभ्रे, २३ माघ । देवीटार माध्यमिक विद्यालय धुलिखेल नगरपालिका वडा नम्वर १ को कक्षा ८ मा अध्ययनरत छात्रा जस्मीन तामाङले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुसँग छात्राहरुले प्रयोग गर्ने सेनेटेरी प्याड विद्यालयमा आईपुग्ने समय सोध्नु भयो ? ‘मेयर साप ! हामीलाई सरकारले दिने भनेको सेनेटरी प्याड कहिले आईपुग्छ ?’–जस्मिनले सोध्नु भयो ।

धुलिखेल नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको मेयरसँग विद्यार्थी कार्यक्रममा प्रश्न गर्दै जस्मिनले महिनावारी हुँदा भएको समस्या र त्यसले पारेको असरसँगै सरकारले उपलब्ध गराउने भनेको सेनेटरी प्याड उपलब्ध नभएकाले नगर प्रमुख ब्याञ्जुसँग प्रश्न गरेको बताउनु भयो ।

नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नम्वर ११ मा सेनेटरी प्याड बनाउने उद्योग संचालनका लागि नगरपालिकाले समेत सहयोग गरेकाले नगरपालिकाको तर्फबाट अहिले धुलिखेलकै केहि विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएकाले थप विद्यालयमा अध्ययन गर्ने छात्राहरुका लागि नगर तथा प्रदेश सरकारको तर्फबाट तत्काल उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । यो खबर नेपाल समाचारपत्रले छापेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖