१० लाख जनता उ,तारेर निजगढ विमानस्थल शिलान्यास गर्ने पर्यटनमन्त्रीको उद्घोष

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने उद्घोष गरेका छन । बहुप्रतिक्षित निर्माणाधिन निजगढ विमानस्थल सरकारको अर्जुनदृष्टि रहेको भन्दै उनले अब कुनै पनि हालतमा यस विमानस्थल बनाएरै छाड्ने दाबी गरे ।

बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा आयोजित कार्यक्रममा मन्त्री भट्टराइले यस्तो उद्घोष गरेका हुन् । उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्पन्न अधिक एयर ट्राफिकको चाप न्यूनीकरण गरी मुलुकको समग्र विकासका लागि जतिसक्दो छिटो निजगढ विमानस्थल निर्माणको विकल्प नरहेको बताए ।

उनले १० लाख जनता उतारेर शिलान्यास गर्ने सरकारको तयारी भएको बताए । यस विमानस्थल निर्माण कार्य सम्पन्न हुनु नेपालको गेमचेन्जर भएकाले १० लाख जनता उतार्ने तयारीमा सरकार जुटेको उनको भनाइ छ ।

बाराको निजगढमा निर्माण हुने यस विमानस्थल नेपालको गेमचेन्जर आयोजना भएको दाबी गर्दै उनले यस आयोजना निर्माणमा सम्पूर्ण नेपालको एक मत हुनुपर्नेमा जोड दिँदै कोही पनि भाग्न नसक्ने बताए ।

उनले यसै वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालनमा आउने गरी निर्माण अघि बढेको भन्दै यी आयोजनाले समेत निजगढको विकल्प भने दिन नसक्ने बताए । उनले आगामी पाँच वर्षभित्र निजगढ विमानस्थल निर्माण भई सञ्चालनमा ल्याउनैपर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताए ।

यस अवधिमा नेपालको हवाई क्षमता निकै उच्चस्तरको भइसक्ने भन्दै उनले त्यसपछि वार्षिक १ करोड पर्यटक आउने वातावरण तयार हुने दाबी गरे । अहिले मुलुक २० लाख पनि ल्याउन सकिन्छ कि सकिँदैन भन्ने बहसमा रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले भने ‘अबको ५ वर्षभित्र १ करोड पर्यटक आउने वातावरण बन्छ ।’

निजगढ विमानस्थल निर्माणबारे वन मन्त्रालयले काट्नुपर्ने रूखको संख्या यकिन गर्न थालिसकेको जानकारी गराउँदै उनले भैरहवामा निर्माणाधीन विमानस्थलका सबै काम एक साथ अघि बढेको बताए ।

उनले आगामी मार्चसम्म यस विमानस्थल सञ्चालनमा आउने तयारी भइरहेको बताए । उनले बाराको निजगढमा निर्माण हुन लागेको यस विमानस्थलका लागि लगानी बोर्डले स्विजरल्यान्डको जुरिच एयरपोर्टसँग प्रस्ताव माग गरिएको जानकारी गराए ।

निजगढ विमानस्थलबाट कुनै पनि हालतमा आगामी पाँच वर्षभित्रमा व्यावसायिक उडान हुनेगरी काम अघि बढेको जानकारी गराउँदै उनले यस विमानस्थलमा भएको लगानी उठाउने ढंगले र आत्मनिर्भर हुनेगरी सञ्चालन हुनुपर्ने धारणा राखे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।