कोरोना भा,इरसका कारण भ्रमण वर्षलाई कुनै असर हुन दिदैनौं : योगेश भट्टराई (भिडियो सहित)

काठमाडौ । नेपालमा भ्रमण वर्ष सुरु भएको एक महिना नपुग्दै विश्वभर फैलिंदै गरेको कोरोना भाइरसका कारण आउने पर्यटकको मात्रा घट्ने लक्षण देखिएको छ । कोरोना भा,इरसका कारण नेपाल आउने चिनियाँ पर्यटकहरुको मात्रा भने हवात्तै घटेको देखिएको छ ।

चिनबाट नेपालमा धेरै भन्दा धेरै पर्यटकहरु आउने गरेको हुँदा कोरोना भा,इरसका कारण भ्रमण वर्षमा सोचे अनुरुप पर्यटक भित्राउन सरकार असफल हुने हो कि भन्ने चर्चा चल्न थालिसकेको छ । तर संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईका अनुसार चिनबाट घटेका पर्यटक अरु देशबाट बढाउने तर भ्रमण वर्षमा असर हुन नदिने प्रतिवद्दता प्रस्तुत गरेका छन् ।

क्यानाडा नेपालसंग कुराकानी गर्दै मन्त्रि भट्टराईले भने, “नेपालमा चिनबाट अत्याधिक पर्यटकहरु आउने गरेका छन् । यस वर्ष कोरोना भा,इरसको कारण केहि हद सम्म चिनियाँ पर्यटकहरु अहिले घुम्ने मुडमा छैनन् र यसका कारण नेपाल आउने पर्यटकहरुमा घट्ने देखिएको छ । तर हामीले यो अवस्था मुल्यांकन गरेर नयाँ रणनिति अपनाउदै छौ जसले गर्दा भ्रमण वर्षलाई कुनै खालको पनि असर पर्ने छैन ।”

“चिनमा अहिले प्रचार प्रसार रोकेर हामी अब भारत देखि अरु देशहरुमा प्रचार प्रसार बढाएका छौं । चिनबाट घटेको पर्यटकको मात्रा अब अरु देशबाट भित्राउने छौं र भ्रमण वर्षलाई सफल पार्नेछौ । हाम्रो भ्रमण वर्ष एउटै देशको पर्यटकमा मात्र निर्भर नभएका कारण चिनियाँ पर्यटक घट्दैमा भ्रमण वर्षलाई ठुलो असर पर्न दिदैनौ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।