श्र म स म्झौता कार्यान्वयनको प्र भाव : मलेशिया जाने का मदार बढे

काठमाडौं । मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो । त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको पुुससम्ममा २२ हजार ८१४ जना नयाँ नेपाली कामदार मलेशिया गएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ७७९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पुससम्म २ हजार ५९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेशिया पुगेका थिए ।

पुनः श्रमस्वीकृति लिएर भने १५ हजार १६७ नेपाली मलेशिया गएका छन्, जसअनुसार पुससम्म ३७ हजार ९८१ जना नेपाली कामदार त्यहाँ गएको देखिन्छ । गत आवमा मलेशियामा कुल १७ हजार ८३० जना नेपाली कामदार गएका थिए ।

म्यानपावरद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठदेखि मलेशियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो ।

त्यसपछि वैदेशिक रोजगारका लागि मलेशिया जाने नयाँ कामदार संख्या ठूलो मात्रामा घटेको थियो । यद्यपि, २०७५ जेठ पहिला नै भिषा आएका र पुनः श्रमस्वीकृति लिनुपर्ने कामदार भने मलेशिया गइरहेका थिए । पछि सरकारले मलेशियासँग २०७५ कात्तिक १२ गते नयाँ श्रम सम्झौता गरेको थियो जुन गत भदौदेखि कार्यान्वयनमा आयो ।

‘मलेशियासँगको श्रम सम्झौता कार्यान्वयनमा आएसँगै त्यहाँबाट आउने कामदारको माग पनि बढ्दै गएको छ । फलस्वरूप त्यहाँ जाने कामदारको संख्या बढ्दै गएको हो,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए, ‘तर, केही म्यानपावर कम्पनीले श्रम सम्झौताको पालना नगरेको देखिन्छ ।’

नयाँ श्रम सम्झौताअनुसार नेपाली कामदारहरू शून्य लागतमा मलेशिया जान पाउनेछन् । तर, म्यानपावर कम्पनीहरूले विभिन्न नाममा कामदारबाट अभैm पैसा असुल्ने गरेको विभागको भनाइ छ । भुसालका अनुुसार उजुरीको आधारमा केही कम्पनीहरूमा छापा मार्दा केही व्यवसायीहरू कामदारसँग पैसा लिँदै गरेको अवस्थामा फेला परेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे मलेशियामा जाने कामदारको संख्या बढे पनि त्यहाँबाट जुन मात्रामा कामदारको माग हुनुपर्ने हो, त्यो नभएको बताउँछन् । ‘ठूलो संख्यामा नेपाली कामदार त्यहाँ जान अझै सकेका छैनन् । मलेशियाबाट जुन मात्रामा कामदारको माग हुनुपर्ने हो, त्यो देखिएको छैन,’ उनले बताए, ‘यद्यपि, मलेशियाको पछिल्लो केही नीतिगत व्यवस्थाका कारण अब कामदारको माग बढ्ने संकेत देखिएको छ ।’आजको आर्थिक अभियानमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।