३२८ दिन अ न्तरिक्षमा बि ताएर जब यी म हिलले सेताम्य हिउँकाे जमिनमा पाइला टेकिन्…

काठमाडौं, माघ २४ । झण्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन।

अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकक्षण सन्तुलनका लागि मेडिकल टेन्ट तर्फ दैडाए।

आजको कान्तिपुर दैनिकमा अनुसार त्यसैक्रममा उनले भनिन्, ‘म निकै उत्साहत र निकै खुसी छु। मैले यो क्षणलाई अन्तरिक्ष नायकहरुका पाइला पछ्याइरहेका बेला भएको सम्मानका रुपमा लिएकी छु।’

खासमा उनी खुसी हुनुको मुख्य कारण हो, उनको नाममा बनेको नयाँ किर्तिमान।

लामो सय अन्तरिक्षमा बिताउने महिलाका रुपमा पेगी हिविट्सनको कीर्तिमान (२८९ दिन) उनले तोडेकी छन्।

सन् २०१९ मार्च १४ मा अन्तरिक्ष यात्रामा निस्केकी कोच ३२८ दिनपछि सोयुज यानमार्फत पृथ्वीमा ओर्लेकी हुन्।

अमेरिकी अन्तरिक्षण संस्था (नासा) की ४१ वर्षीया कोचको टोलीमा अन्य दुई अन्तरिक्ष यात्री युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ पनि थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖