प्रधानमन्त्री ओलीलाई एसियाली ‘दू रद्रष्टा नेता तथा राष्ट्र नि र्माण’ अवार्ड

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित गरिएको छ । एसियाली व्यवस्थापन संस्थाहरुको संगठन (Asian Association of Management Organizations, AAMO) ले शुक्रबार राजधानीमा आयोजित एसियाली नेतृत्व सम्मान साँझ २०२० आयोजना गरी सम्मान प्रदान गरेको हो ।

संस्थाका सभापति राजिव कौलले एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गरेका थिए । यस अवसरमा आमो AAMO ले एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मान गरेको छ। आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रालिका समूहका कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरेको छ ।

श्रीलंकाका हाट राष्ट्रिय बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जोनाथन आयल्सलाई पनि कुशल व्यवसायी नेतृत्वको सम्मान दिइएको छ । यस्तै नेपालका आइएमई ग्रुपका सहसंस्थापक तथा अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि कुशल व्यवसायिक नेतृत्व को सम्मान दिइएको छ । आमो एशियाका राष्ट्रिय व्यवस्थापन संस्थाहरुको छाता संगठन हो भने नेपालका व्यवस्थापकहरुको छाता संंगठन नेपाल व्यवस्थापन संघ यसको सक्रिय सदस्य छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।