रु घाखो कीले हुम्लाको एकै गाउँका ३६५ बि रामी, पाँच ग म्भीर
काठमाडौं, माघ २५ । भारी हिमपातले अत्यधिक चिसो बढेपछि सिमकोट गाउँपालिका–८ स्याडाका ३ सय ६५ स्थानीय बिरामी परेका छन्।
मौसमी रुघाखोकीले गाउँका अधिकांश बासिन्दा बिरामी परे पनि स्थानीय स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या भएको खबर आजको कान्तिपुर दैनिकमा हुम्लाबाट छपाल लामाले लेखेका छन्।
हुम्लामा यस वर्ष २ दसकयताकै भारी हिमपात भएको छ। बिरामी भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको स्याडा स्वास्थ्यचौकीले जनाएको छ।
स्वास्थ्यचौकीका सिनियर अहेब अर्जुन कार्कीले औषधि अभावमा उपचारमा समस्या भएपछि जटिल अवस्थाका बिरामीलाई जिल्ला अस्पताल पठाइएको जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मी पर्याप्त नहुँदा उपचारमा खटिन समस्या भएको छ। ‘न औषधि छ, न पर्याप्त स्वास्थ्यकर्मी,’ उनले भने, ‘ गाउँपालिकाले दिएको औषधि २ महिनाअघि सकिएपछि बिरामीलाई औषधि किन्न मेडिलकमा पठाउनुपर्ने बाध्यता छ।’ उनले ३ स्वास्थ्यकर्मीका भरमा स्वास्थ्यचौकी सञ्चालन भइरहेको गुनासो गरे।
पहिले परेको हिउँ नबिलाउँदै फेरि हिमपात हुन थालेपछि जिल्लाभरि अत्यधिक चिसो बढेको हो। उच्च हिमाली क्षेत्रमा ५ फिट बाक्लो हिउँ जमेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चिसोका कारण मौसमी रुघाखोकीले घरघरै बिरामी थलिएका स्थानीय नुर्बु वुढाले बताए।


