कोरोना भा इरस रो क्न मानवरहित ड्रोनबाट छरियो हावामा वि षादी
काठमाडौं, माघ २६ । नोवल कोरोना भा इरसको संवक्रमण रोकथामका लागि चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुन्मिङमा शनिबार ड्रोन प्रयोग गरी हावामा की टाणुनाशक पदार्थ छरिएको छ।
एकपटकमा १० लिटर की टाणुनाशक पदार्थ बोकेको उक्त ड्रोनले करिब ८ हजार वर्गमिटरमा की टाणुशोधन गरेको अधिकारीले बताएका छन्।
हुबेई प्रान्तबाट ल्याइएका पर्यटक राखिएको क्षेत्रमा ड्रोनमार्फत की टाणुनाशक पदार्थ छरिएको युनान सेन्ये एभिसियन टेक्नोलोजी कम्पनीले जनाएको छ, आजको कान्तिपुरले एजेन्सीलाई उधृत गर्दै खबर लेखेको छ।
मानवरहित ड्रोनको प्रयोगले मानिसबाट मानिसमा सं क्रमण सर्न सक्ने जोखिम कम हुने र शीघ्र काम हुने कम्पनीको भनाइ छ।


