३१ वर्षदेखि श्रीमानको प्र तीक्षामा टो लाएका यी आंखा, बि हेको आठ दिनमा घर छा डेका पति अझै फ र्किएनन्
काठमाडौं, माघ २६ । गुल्मीको चन्द्रकोट गाउँपालिका ६ रुपाकोटका बालकृष्ण भण्डारी ३१ वर्षदेखि बे पात्ता छन्।
भण्डारीकी पत्नी सावित्रा भने अझै पतिकै प्रतिक्षमा एक्लो जीवन बिताइरहेकी छिन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा गुल्मीबाट टोपलाल अर्यालले लेखेका छन्।
बालकृष्णले २८ वर्षको उमेरमा २०४५ सालमा सावित्रासँग मागी बिहे गरे। त्यतिबेला सावित्रा १७ वर्ष मात्र लागेकी थिइन्। बिहे गरेको ८ दिनका दिन दुलहन फर्काएर बालकृष्ण भारत गए। उनले तीन वर्षसम्म तीनवटा चिठी पठाए। तर आफु फर्केर भने आएनन्।
न छोराछोरी न श्रीमान, सावित्राले ३० वर्ष रोएरै बिताइन्। उनीसंग अहिले परिवारसंग लडेर पाएको एक टुक्रा जमिन र श्रीमानको पुरानो फोटो मात्रै साथमा छ।
‘बिहेमा खिचेको फोटो र एक टुक्रा जमिनबाहेक केहि छैन’ उनले भनिन ‘म र्ने बेलासम्म कि ला स कि सास पाए हुन्थ्यो।’


