भ्रमण वर्षलाई लक्षित गर्दै धनकुटाको पाख्रीबासमा कृषि मेला शुरु

धनकुटा खबर, माघ २६ । किसानहरुलाई कृषी सम्वन्धि नयाँ प्रविधिको वारेमा जानकारी गराउने लक्षका साथ धनकुटाको पाख्रीबासमा आजदेखी कृषि मेला प्रद्धर्शनी शुरु भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै पाख्रीवास नगरपालिकाद्धारा आयोजित कृषी मेला प्रदर्शनीको उद्घाटन नगर प्रमुख वृष वहादुर राईले गर्नुभएको हो कृषि मेलाको उ्द्घाटन गर्दै नगर प्रमुख राइले पाख्रीवासकोको दृष्टि,पर्यटन र कृषि भन्ने नाराका साथ नगरपालिकाले कृषि र पर्यटन क्षेत्रमा विकास र प्रवद्र्धनका गर्न विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउनुभयो ।

उहाँले यस कृषि मेलाले किसानहरुलाई थप हौसला मिल्ने समेत बताउनु भयो । कृषकहरुलाई व्यवसायीक बनाउन नगरपालिकाले नगरको प्रत्येक वडामा बीस,बीस वटा कृषि समुह तथा कृषि फार्म हुनु पर्ने अभियानको थालनी गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

कृषि मेलामा नगरपालिकाको विभिन्न वडाका १ सय ३५ जना कृषकहरुले आ आफ्नो कृषि जन्य सामाग्री प्रदर्शनीमा राखेको कृषि शाखाका सह प्राविधिक इन्द्र माया तामाङले वताउनुभयो । यो मेला माघ २८ गते सम्म सञ्चालन हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।