नि र्मला पन्त प्र करणमा ए आईजीको प्र तिवेदन खा रेज : दिलीप नै दो षी!
काठमाडौं, माघ २७ । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया कि शोरी निर्मला पन्तको ब लात्कार र ह त्या प्र करणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खा रेज गरेको छ।
डीआईजी सुरज केसी नेतृत्वमा गठित पुन रावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खा रेज गरेको खबर आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन्।
पछिल्लो प्रतिवेदनअनुसार ब लात्कार र ह त्या आ रोपमा प क्राउ परेर छुटेका दिलीपसिंह बिष्ट नै मुख्य अ भियुक्त रहेकाले उनीमाथि थप अ नुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अ पराध अ नुसन्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ।
भीमदत्त नगरपालिका २ खोल्टीकी पन्तको श व २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित उखुबारीमा फेला परेको थियो।
त्यसपछि प्रहरीको केन्द्रीय अ नुसन्धान ब्युरो (सी आइबी) र कञ्चनपुर प्रहरीले घटना अ नुसन्धान गर्ने क्रममा ३ भदौमा विष्टलाई प क्राउ गरेको थियो।


