भ्र,ष्टाचारीलाई काँग्रेसको समर्थन
काठमाडौं । अख्तियारले ललिता निवास प्र,करणमा पुर्वमन्त्रीहरु सहित १ सय ७५ जना बिरुद्ध विशेष अदालतमा मु,द्धा दायर गरेपछि त्यसको पक्ष र विपक्षमा यतिबेला बहस भइरहको छ ।
भ्र,ष्टाचार समस्या मात्रै नभएर एउटा सामाजिक रोगकै रुपमा विकास भइरहेका बेला अख्तियारको यो एक्सनको सवैतिरबाट प्रशंसा भएको छ । तर प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस भने भ्र,ष्टाचार बि,रुद्ध चालिएको यो कदमका बि,रुद्धमा औपचारिक पार्टीको निर्णय सहित नै सडक र सदनमार्फत बि,रोधमा उ,त्रिएको छ । काँग्रेसको दाबी छ,‘अख्तियारले मु,द्धा चलाएका उपसभापति बिजय गच्छदार भ्र,ष्टाचारी होइनन्, उनी इमान्दार छबी भएका नेता हुन् ।’ काँग्रेसका अनुसार गच्छदारलाई राजनीतिक पूर्वाग्रह र प्र,तिशोध साध्न अख्तियारले मु,द्धा चलाएको हो । त्यस्तै काँग्रेसको अर्को तर्क पनि छ, गच्छदार मन्त्रिपरिषद्का सदस्य अनियमितता प्र,करणमा मुछिने तर त्यही मन्त्रिपरिषद्का प्रमुख प्रधानमन्त्री माधव कुमार नेपालले चाँहि कसरी उन्मुक्ति पाउने ? काँग्रेसले उठाएका दुई प्रश्न एक आपसमा आफै वि,रोधाभासपूर्ण छन् ।
पहिलो तर्क, गच्छदारका अनुसार गच्छदारले कुनै हि,नामिना गरेका छैनन् भन्ने छ । दोस्रो तर्क, गच्छदारले अनियमितता गरेको भए प्रधानमन्त्री माधव नेपालले चाँही कसरी उन्मुक्ति पाउनुहुन्छ ? भन्ने छ । यी दुई प्रश्न आफैमा मेल खाँदैनन् ।
काँग्रेसले अर्को एउटा ठुलो ग,ल्ती गर्दैछ । उसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै सरकार अझ प्रधानमन्त्री केपी शर्मा ओलीकै रुपमा जसरी बुझँदै छ, र त्यसकै बहानामा भ्र,ष्टाचारको पक्षमा निर्णय गर्दैछ, त्यो पूर्णतः अनुचित छ ।
अख्तियार सरकार होइन, अख्तियारका प्रमुख आयुक्त, आयुक्तहरु पुर्व मन्त्रिपरिषद्का सदस्य होइनन् । अख्तियार अधिकारको दुरुपयोग गर्नेहरुका बि,रुद्ध अनुसन्धान गरि मुद्धा दायर गर्ने स्वतन्त्र सवैधानिक निकाय हो । यसको राजनीति, राजनीतिक नेता, प्रधानमन्त्री, मन्त्रीहरुसँग कुनै साइनो र सम्वन्ध हुदैन् । त्यसैले अख्तियार नै सरकार भएको गलत ब्याख्या गर्दै भ्र,ष्टाचारीलाई संरक्षित गर्ने काम नेपाली काँग्रेस जस्तो आफुलाई प्रजातान्त्रिक र संसदीय अभ्यासको पर्याय ठान्ने पार्टीका लागि ल,ज्जास्पद कुरा हो ।
गच्छदारसहित मु,द्धा दायर गरिएका १ सय ७५ जनाले नै अदालतमा आफुलाई नि,र्दोष सावित गर्न सक्ने अवस्था र मौका हुनेछ । अख्तियारले मु,द्धा दायर गर्ने मात्रैै हो, उनीहरुलाई भ्र,ष्टाचार घो,षित गरेको होइन् । मु,द्धाको क्रममा अख्तियारले दाबी गरेको जस्तो प्रमाणहरु फेला नपरेमा उनीहरुले सफाइ पाउँछन् त्यसैले कुनै अनियमितताको छानबिन र मु,द्धा दायरलाई लिएर रोइलो र कोकोहोलो म,च्याउनुको कुनै अर्थ छैन ।
यदि गच्छदारले उक्त प्रकरणमा कुनै अनियमितता गरेका छैनन, कुनै प्र,लोभनमा परेका छैनन् भने त्यसको अन्तिम फैसला अदालतबाट हुन्छ नै । दायर गरेकै मु,द्धालाई हेर्दा चार महिना मात्रै भूमि सुधार मन्त्री भएका चन्द्रदेब जोशी बिरुद्ध पनि मु,द्धा दायर भएकै छ । तर त्यही मन्त्रिपरिषदका प्रधानमन्त्री डा.बाबुराम भट्टराइलाई भने कहिँ कतै प्रश्न उठाइएको छैन । दोषीको बिगत र बर्तमान हेर्दा नजिकबाट उनीमाथी प्रश्न उठाउने ठाउँ छैन । उनी आफै अहिले बयान दिदैछन् र भनिरहेका छन्,‘मलाई यसबारेमा केही थाहा छैन, मैले यसअघि हुँदै आएको डकुमेन्ट हेरेर हस्ताक्षर मात्रै गरेको हु ।’ अख्तियारले जे दा,बी गरेपनि जोशीको हकमा उक्त दाबी यथार्थमा रुपान्तरित हुने सम्भावना कम देखिन्छ ।
गच्छदार र जोशीलाई सँगै राखेर मुल्यांकन गर्दा गच्छदारको सार्वजनिक छबि राम्रो छैन र उनका बिगतले उनले अनियमितता गरेको छैनन् भन्ने निश्कर्ष निकाल्न निकै अप्ठयारो हुन्छ । त्यसैले ललिता निवास प्रकरणमा भएको अनियमितताको वास्तविक दोषी को हुन् र को होइनन् भन्ने प्रमाणीत गर्ने अझै एउटा तह बाँकी छ, त्यो भनेको अदालत नै हो ।
तर आजको मूल प्रश्न नेपाली काँग्रेस कस्तो पार्टी हो । कस्तो पार्टी बन्ने भन्ने हो । बारम्बार सत्तामा रहेको र कुनैपनि बेला सत्तारोहण गर्ने स्वभाविक हकदार भएको पार्टी भ्रष्टाचारको पक्षमा खुलेआम सडक र सदन दुबै ठाउँमा दबाब दिन मिल्छ ? कुन नैतिक धरातलमा काँग्रेसले आफुलाई सुशासन, पारदर्शिताको पक्षमा उभ्याउन सक्छ ? जनताका बीचमा भ्रष्टाचारीलाई संरक्षण गरौ, भ्र,ष्टाचारलाई प्र,बद्र्धन गरौ र त्यसका लागि नेपाली काँग्रेसलाई मतदान गरौ भन्दै जाने हो ? होइन् भने बिपी कोइरालाको विरासत बोकेको र सन्त नेता कृष्ण प्रसाद भट्टराइको समेत योगदान रहेको पार्टीले अख्तियारको यो एक्सनलाई स्वभाविक ठानेर प्रशंसा गर्नुपथ्यो र आफ्ना पार्टीका नेता मु,छिएका छन् भने त्यसलाई पुर्वाग्रह नठानी अदालतको फैसला मान्न तयार छौ भन्ने सन्देश दिन पथ्र्याे ।
राजनीतिक जीवनकै उत्तरार्धमा पुगेका शेर बहादुर देउवा लगायतका केही नेताहरुका निम्ती त काँग्रेस नरहेपनि फरक नपर्ला तर उज्वल भविष्य बोकेका गगन थापा, विश्वप्रकाश शर्माहरुले पनि भ्र,ष्टाचारलाई र भ्र,ष्टाचारीका पक्षमा बोल्नु चाँहि उदेकलाग्दो छ ।


