दूधको मूल्यमा वृद्धि

दूधको मूल्यमा वृद्धि हुने भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपाल कास्कीले १ फागुनदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरेको हो । जसअनुसार अब प्रतिलिटर दूध १ सय २० रुपैयाँ हुनेछ । हाल १ सय १० रुपैयाँ छ ।

संस्थाका कोषाध्यक्ष वीरेन्द्र भण्डारीले दाना, चोकर, पराल लगायतका सामग्रीको मूल्य वृद्धि हुँदा दूधको मूल्य बढाउन बाध्य भएको बताए । समाजका अध्यक्ष दीपक तिमिल्सिनाको अध्यक्षतामा किसान र समाजका पदाधिकारीको भेलाले दानामा मूल्य बढ्दा दूधको मूल्य बढाउने निर्णय गरेको कोषाध्यक्ष भण्डारीले बताए ।

विभिन्न सरकारी निकायहरुलाई दानाको मूल्य वृद्धि भएको र किसानको समस्याका बारेमा समेत अवगत गराएको भए पनि सुनुवाई नभए पछि किसानले उत्पादन गरेको दूध र यससम्बन्धी पदार्थको मूल्य बढाइएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।