आ ईजीपीमा प्रदेश १ का डी आईजी ज्ञवाली बन्ने प्रबल स म्भावना,प्रधानमन्त्री ओलीले दिए यस्तो नि र्देशन

काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन्।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपी चयनको टुंगो नलागेपछि प्रधानमन्त्री ओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘गृहमन्त्री थापा र मुुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मंगलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटारस्थित उच्च स्रोतले भने, ‘त्यही अनुसार प्रस्ताव तयार गरिने छ।’

आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गर्दै छन् । तर अवकशको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को हुने भन्ने निर्णय गर्न सकेन।

मन्त्रीपरिषद् बैठकले सोमबार नै भावी आईजीपीमा ज्ञवाली वा सुदूरपश्चिम प्रदेशका डिआईजी तारिणीप्रसाद लम्सालमध्ये एकजनालाई चयन गर्ने आंकलन भइरहेको थियो । तर ३० वर्षे विवादपछि प्रधानमन्त्री ओलीले मंगलबार पुनस् बैठक बस्ने भन्दै टुंग्याएका थिए । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।