कांग्रेस बैठकमा गच्छदारको २ घन्टा ब्रि फिङ : मु द्दा लाग्दैमा खुमबहादुर जस्तो गच्छदार स किँदैन!

काठमाडौं, माघ २८ । कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मुद्दा नलागोस् भनेर आफूले अधिकतम प्रयास गर्दा पनि असफल भएको खुलाएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि आफूले गरेको कसरतबारे गच्छदारले सोमबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा दुई घन्टा ब्रिफिङ गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।

‘अख्तियारबाट मुद्दा नलागोस् भनेर मैले राष्ट्रपति भेटेँ, प्रधानमन्त्री भेटेँ, नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेँ, माधवकुमार नेपालसँग पनि कुरा भयो, सुवास नेम्बाङलाई पनि भनेँ, हाम्रै पार्टीका सभापतिसँग लगातार छलफल भयो, सभापति मार्फत पनि उच्च राजनीतिक नेतृत्वमा संवाद गराएँ, तै पनि मुद्दाबाट बच्न सकिएन। राजनीतिक पूर्वाग्रह राखेर मुद्दा लगाइयो, यो कांग्रेसमाथिको आक्रमण हो,’ गच्छेदारले भने।

बैठकमा सभापति शेरबहादुर देउवाले सुरुमै गच्छदारलाई बोल्न एक घन्टा सयम दिएका थिए।

एक घन्टा सयम दिइए पनि गच्छदारले दुई घन्टा बोलेका थिए।

गच्छदार बोलिरहँदा सबै केन्द्रीय सदस्यले ध्यानपूर्वक सुने, उनीप्रति धेरैको सहानुभूति पनि देखियो।

गच्छदारले खुमबहादुर खड्काको प्रसंग उठाउँदै भने, ‘मुद्दा लाग्दैमा गच्छदार सकियो भन्ने नठान्नुहोला, गच्छदार कहिल्यै सकिँदैन।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।