मुना कार्की ह त्या प्र करण : यसरी भएको थियो ह त्या
काठमाडाैं,माघ २८ । पूर्वसचिव अर्जुन कार्कीका घरेलू कामदारले उनकी पत्नी मुना कार्कीको ‘ह त्या गरी आ त्मह त्या’ गरेका छन्।
ललितपुर उपमहानगरपालिका-२, सानेपास्थित घरमा आइतबार बिहान कामदार विजय चौधरीले कार्कीको घाँ टीमां डो रीले कसेर र टाउकामा पिर्काले हानेर ह त्या गरी आ त्मह त्या गरेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार घटनास्थल पुग्दा पूर्वसचिव कार्कीकी ४९ वर्षीया श्रीमती भान्साकोठामा रग ताम्य अवस्था अ चेत फेला परेकी थिइन्। कामदार दाङ, लमहीका २२ वर्षीय चौधरी भने घाँ टीमा हरियो नाइलनको डोरी कसिएर मृ त अवस्थामा फेला परेका थिए।
घटनाबारे सूचना पाएलगत्तै सानेपा वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली त्यहाँ पुगेको थियो। घटना हुँदा पूर्वसचिव कार्की पशुपतिमा रुद्री पूजा
लगाउन गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए । ‘कार्कीजी फर्किएपछि बी भत्स दृश्य देखेर चिच्याउँदै बाहिर निस्कनुभएछ । त्यसपछि उहाँले वा छिमेकीमध्ये कसैले प्रहरीलाई खबर गर्नुभएछ,’ उनले भने ।
प्रहरीले सानेपाकै स्टार अस्पतालबाट ए म्बुलेन्स बोलाएर कार्कीलाई उपचारका लागि पठाएको थियो। ‘घटनाबारे हल्लाखल्ला भएपछि जम्मा भएका छिमेकीमध्ये एकजना म हिला चिकित्साकमी हुनुहुँदो रहेछ, उहाँले पल्स भएको आ शंका गरेपछि प्रहरीले अस्पताल पठाएको थियो,’ एसएसपी राईले भने, ‘तर अस्पतालले त्यहाँ पुर्याउनुअघि नै मृ त्यु भइसकेको बताएको छ । कान्तिपुर दैनिकमा खबर छ ।


