नेपाली लिन ३ फागुनमा जहाज वुहान जाने, ड ब्लुएचओले तय गरेको पोसाक लगाएर जानेछन् पाइलट र चि कित्सक

काठमाडौं, माघ २८ । चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ।

एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको खबर आजको आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी (३ फागुन)मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ । चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ।

‘३ फागुनमा चीन जान तयार रहनू भनेर पर्यटन मन्त्रालयबाट निर्देशन आएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘वुहानबाट ल्याउने एक सय ८० नेपालीको सूची निगमलाई आइसकेको छ।’

तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोलीसहितको जहाज चीन जानेछ । जहाजमा सेना र नेपाल प्रहरीका दुई चिकित्सक, दुई नर्ससहितको स्वास्थ्यकर्मीको टोली हुनेछ ।

उनीहरूको नाम गोप्य राखिएको छ । ‘क्रु तथा डाक्टर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको पोसाक लगाएर त्यसतर्फ जानेछन्,’ प्रवक्ता खड्काले भनिन्।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्का भन्छिन् ‘३ फागुनमा चीन जान तयार रहनू भनेर पर्यटन मन्त्रालयबाट निर्देशन आएको छ । वुहानबाट ल्याउने एक सय ८० नेपालीको सूची निगमलाई आइसकेको छ।’

जहाज फर्किसकेपछि भने ४८ घन्टा ग्राउन्डेड गरिनेछ । ‘विश्वभरि नै यस्ता चार्टर फ्लाइट भइसकेपछि जहाजमा सिकिङ चेक गरेर ४८ घन्टा ग्राउन्डेड गरिन्छ,’ खड्काले भनिन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनस्थित नेपाली दूतावासले उद्धारका लागि आवश्यक तयारी गर्न ७२ घन्टाको समय मागेको छ।

चीन सरकारसँग समन्वय गरेर प्रक्रिया पूरा गर्न र उद्धार गरेर नेपाल ल्याएपछि राख्ने ठाउँ व्यवस्थापन गर्न केही समय लाग्ने भएपछि ३ फागुनको मिति निश्चित गरिएको ती मन्त्रीले बताए।

चीनबाट एक सय ८० नेपालीलाई स्वदेश फिर्ता गरेपछि दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ । कोरोना भाइरसले फोक्सोलाई आक्रमण गर्छ, जुन तीव्र गतिमा फैलिन्छ ।

चिकित्सकका अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग सम्पर्क हुन नदिने गरी व्यवस्था मिलाइन्छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।