फरक पार्टीका नेता भए पनि प्रचण्ड बारम्बार किन लिन्छन् गिरिजाप्रसादको नाम ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई मन पर्ने नेताको नाम बारम्बार लिइरहन्छन् । पार्टीको आमसभा होस् या धेरैको सहभागिता वा प्रचारात्मक कार्यक्रममा उनले आफूलाई मन पर्ने मान्छेको नाम लिने गर्छन् ।

प्रचण्डले २०६४ सालपछि सबैभन्दा धेरैपटक नाम लिने नेता हुन् गिरिजाप्रसाद कोइराला । फरक पार्टीका नेता भए पनि प्रचण्डले किन बारम्बार गिरिजाप्रसाद कोइरालाको नाम लिइरहन्छन् भन्ने विषयमा अहिले सर्वत्र चासो उत्पन्न भएको छ ।

बिहीबार मात्रै पनि प्रचण्डले जनयु,द्ध दिवस कार्यक्रममा कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको नाम लिए । उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले समेत राजतन्त्रविरुद्ध अझ फौजी आ,क्रमण बढाइदिन आफूलाई आ,ग्रह गरेका थिए ।’ उनको यो अभिव्यक्तिले माओवादी जनयु,द्ध प्रभावकारी ढंगले अघि बढ्नुमा कोइरालाको हात पनि प्रमुख रहेको भन्ने बुझिन्छ ।

यसअघि पनि उनले गिरिजाप्रसाद आफूलाई सबैभन्दा धेरै मन पर्ने नेता, नेपालकै ठूलो नेता, कोइराला नभएको भए आफूहरू शान्तिपूर्ण राजनीतिमा आउन नसक्नेलगायत भन्दै आएका छन् । तर, प्रचण्डले गिरिजाप्रसादको नाम बारम्बार लिनुको कारण भने अर्कै रहेको विश्लेषण गर्न थालिएको छ । प्रचण्ड आफूलाई गिरिजाप्रसाद बराबरीको हैसियतमा उभ्याउन चाहन्छन् । आफूलाई त्यही स्तरको नेता रहेको दाबी गर्छन् ।

विस्तृत शान्ति सम्झौताको हस्ताक्षरकर्ता गर्नेमा गिरिजाप्रसादपछि आफू रहेको उनको भनाइ छ । गिरिजाप्रसादले आफूलाई यो देश अब तपाईको हातमा रहेको भन्दै जिम्मेवारी छाडेको प्रचण्डले बताउने गरेका छन् । गिरिजाप्रसादसँग जोडिँदा र त्यही हाराहारीको नेताभन्दा प्रचण्डले अहिलेका पार्टीभित्रका नेताहरूभन्दा आफूलाई शीर्षमै पार्न चाहन्छन् ।

वर्तमान प्रधानमन्त्री केपी ओली शान्ति सम्झौतामा हस्ताक्षर गर्ने बेला एमालेमा तेस्रो वरीयताका नेता रहेको उनलाई थाहा छ । त्यही भएर प्रचण्ड आफूलाई सिनियर नेता भनाउन चाहन्छन् । यदि राजनीतिक सक्रियता र क्रियाशीलता हेर्ने हो भने पूर्वएमालेका दर्जनौं नेता प्रचण्डभन्दा सिनियर छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।