२७ बैँकको नाफा पौने ३३ अर्ब
काठमाडौं, फागुन २ । अघिल्लो आर्थिक वर्षको पुससम्म २९ प्रतिशत बढेको बैँकहरुको खुद नाफा यस वर्ष साढे ६ प्रतिशतमा सिमित भएको छ।
चालु आवको दोस्रो त्रैमासिकमा २७ वाणिज्य बैँकले ३२ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएका खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन्।
गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा गत पुससम्मको नाफा करिब ६ प्रतिशत मात्र बढेको हो।
अपेक्षित रुपमा व्यापार बढ्न नसक्दा मुनाफामा कमि आएको बैँकहरुले जनाएका छन्।


