असारभित्रै मे लम्चीको पानी काठमाडौंमा वि तरण गर्ने यस्तो छ त यारी

काठमाडौं, फागुन २ । सरकारले मेलम्चीको पानी आगामी असार मसान्तबाट वितरण गर्ने गरी तयारी थालेको छ।

मेलम्ची खानेपानी आयोजनाले निर्माण पूरा हुनुभन्दा ६ महिनाअगावै वैकल्पिक व्यवस्था गरेर पानी ल्याउने तयारी गरेको हो।

सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो।

आयोजना निर्माण सुरु भएको २० वर्षपछि पनि काम पूरा नै नगरी सरकारले नीति तथा कार्यक्रमको प्रभाव देखाउन वैकल्पिक पाइपलाइन बनाएर पानी ल्याउने भएको हो। यो खबर आजको नयाँ पत्रिकामा प्रकाश धौलाकोटीले खेलेका छन्।

हालसम्म आयोजनाको ९५.१२ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए। उनले भने, ‘असार मसान्तभित्र मेलम्चीको पानी जसरी पनि सुन्दरीजल प्रशोधन केन्द्रमा झार्ने र वितरण गर्ने तयारी छ।’

असार मसान्तभित्रै पानी ल्याउने तयारी रहेको भन्दै मेलम्ची खानेपानी विकास समितिले जारी गरेको श्वेतपत्र खानेपानी मन्त्री बिना मगरले बिहीबार सार्वजनिक गरिन्।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको आयोजनामा २९ मंसिर ०७५ देखि इटालियन कम्पनी सिएमसीले काम छाडेपछि ११ महिना निर्माण ठप्प बन्यो । सरकारले पुस मसान्त ०७७ भित्र काम सक्नेगरी गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएपछि पुनः काम सुचारु भएको थियो।

आयोजना प्रमुख खत्रीका अनुसार सिनो हाइड्रोले अहिले सुरुङ निर्माण र स्थायी बाँध निर्माण दुई चरणमा विभाजन गरेर अघि बढाएको छ। सुरुङ निर्माण आगामी असोजमा र बाँध निर्माण पुस मसान्तभित्र सक्नुपर्ने सम्झौता छ।

‘सम्झौताभन्दा अगावै सम्पन्न गर्ने तयारी छ, निर्माण कम्पनी पनि सकारात्मक छ,’ प्रमुख खत्रीले भने, ‘कफरड्याम निर्माण असार मसान्तभित्रै सकिन्छ, नभए वैकल्पिक पाइललाइनबाट भए पनि मेलम्चीको पानी सुन्दरीजलमा झार्छौँ।’

असार मसान्तभित्र १४ वटा गेट जडान, आठ सय मिटर दूरीको मुख्य सुरुङ, प्यानल बोर्ड, सेन्सर, वाल बुसिङ, सुरुङ परीक्षण र सञ्चालन गर्ने आयोजनाको परिमार्जित कार्यतालिका छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।