राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर प्रधानमन्त्रीले महाग,ल्ती गरे – किराती
कमेडी सांसद - हेर्नुस सुदन किरातीको भाषण र पेट मिचिमिची हास्नुस - भिडियो सहित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका प्रतिनिधिसभा सदस्य सांसद सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार समेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापालाई उनको पद र जिम्मेवारीबाट ब र्खास्त गरिनुपर्ने बताउँदै जनयु,द्धलाई स्वीकार गर्न नसक्ने भए पार्टी फुटाउन चुनौती दिएका छन् ।
साथै उनले ‘जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाउँदै शोषणका निम्ति पार्टी एकता गरेको हो ?’ भनि प्रश्नसमेत गरे । जनयु,द्ध दिवस अर्थात् फागुन १ गतेको एक टेलिभिजनसँगको अन्तर्वार्तामा जनयु,द्धको महिमा गाउन र जनयु,द्ध दिवस मनाउनका लागि पार्टी एकता नगरेको अभिव्यक्ति थापाले दिएका थिए ।
शनिबार विहान राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा किरातीले थापाको भनाईप्रति संकेत गर्दै भने– ‘यो त अति भयो । त्यसो भए जनतालाई ढाँटेर प्रधानमन्त्रीको श्रीपेच लगाई राषट्रको शोषण गर्न मात्र पार्टी एकता गरेको हो ? जनयु,द्धको स्वामित्व नलिने तर जनयु,द्धले ल्याएको गणतन्त्र नेपालको बालुवाटारमा बसेर हुँकार छोड्ने ?’

माओवादी पृष्ठभूमिका किरातीले कार्यक्रममा आ,क्रोश पोख्दै थापालाई जनयु,द्धलाई स्वीकार गर्न नसके पार्टी फु,टाउन चुनौतीसमेत दिए । ‘सूर्य थापा मालिक र जनता दास हो ? जनयु,द्धलाई इ,न्कार गर्ने हो भने सूर्य थापाले पार्टी फु,टाएर देखाए हुन्छ’, उनले भने ‘सूर्य थापासँग मात्र होइन, अब यो बिषय पार्टी र प्रधानमन्त्रीसँग पनि जोडिन्छ । राँची लानुपर्ने मान्छेलाई सल्लाहकार बनाएर गल्ती भएकोप्रति प्रधानमन्त्रीले माफि माग्नुपर्छ र तत्काल त्यो जिम्मेवारीबाट सूर्य थापालाई ब,र्खास्त गर्नुपर्छ । त्यसो नगरे देश, सरकार र पार्टीले ग म्भीर क्षे,ति बे,होर्नु तयार हुनुपर्छ ।’ कार्यक्रममा किरातीले धै र्यताको सीमा टु,ट्न लागेको बताउँदै सहने शक्ति समाप्त भइसकेको समेत बताए ।
पार्टीको निर्णयअनुसार नेकपाले विभिन्न कार्यक्रमहरु आयोजना गरि फागुन १ लाई २५ औं जनयु,द्ध तथा जनआ,न्दोलनका सहिद स्मृति दिवसका रुपमा मनाइरहँदा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने जनयु,द्धको भारी बोक्न र महिमा गाउनका लागि पार्टी एकता गरेको होइन भन्ने वि,वादास्पद अभिव्यक्ति दिएका थिए । टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले भनेका छन्– ‘जनयु,द्ध खासमा जनयुद्ध थिएन । जनयु,द्ध नभएकाले नै त्यो विसर्जन भएको हो । छा,डिएको हो । हामीले पार्टी एकता जनयु,द्धका सबै भारी बोकेर, जनयु,द्धको कार्यदिशा स्वीकार गरेर, जनयु,द्धको महिमा र जनयु,द्ध दिवस मनाउनका लागि गरेको होइन ।’
कडा स्वभावका मानिने थापा प्रधानमन्त्रीको सल्लाहकारमा भर्खरै मात्र नियुक्त भएका हुन् । त्यसअघि उनको ठाउँमा डा. कुन्दन अर्यालले कार्यसम्पादन गर्दै आएका थिए । यसअघि थापा पूर्व प्रधानमन्त्री झलनाथ खनालका पनि प्रेस सल्लाहकार रहिसकेका छन् । तर उनको उक्त कार्यकाल पनि विवादमुक्त रहन सकेको थिएन । मुन्धुमबाट


