भारतीय जनता पार्टी भाजपाका नेताले भने,- नेपालमा हिन्दू राष्ट्र पुर्नस्थापनाका लागि जनमत संग्रह हुनुपर्छ

काठमाडौं, ३ फागुन । भारतीय जनता पार्टी भाजपाका नेता डा.दिनेश उपाध्यायले नेपालमा हिन्दू राष्ट्र पूर्नस्थापनाको लागि जनमत संग्रह गरिनु पर्ने धारणा व्यक्त गर्नु भएको छ ।

नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने आफ्नो अडान सदैव कायम रहेको उल्लेख गर्दै उहाँले यो आफ्नो व्यक्तिगत धारणा र भावना भएको पनि प्रष्ट पार्नु भयो । शनिबार काठमाडौंमा आयोजित सा,क्षात्कारमा नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको र यो पाप कर्म भएको पनि बताउनु भयो ।

उहाँले कसैको दबाब, आर्थिक प्रलोभनमा धर्म परिवर्तन गराउनु गलत भएको जसले यस्तो गराउँछ उनीहरुलाई मृ,त्युद,ण्ड दिनुपर्ने माग पनि गर्नुभयो । नेपालमा सनातन धर्म हुनु पर्ने आफ्नो मान्यता रहेको पनि उहाँले प्रष्ट पार्नुभयो ।

नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परिवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आ,पत्ति पनि जनाउनुभयो ।

उपाध्यायले भारत नेपालसंगको सीमा विवाद समाधान गर्न जतिखेर पनि तत्पर रहेको पनि प्रष्ट पार्नुभयो । साक्षात्कारमा उपाध्यायले नेपाल-भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भारतले बंगलादेशसंगको सीमा विवादलाई सहजताका साथ समाधान गरेको चर्चा गर्दै नेपाल त नजिकको छिमेकी भएको र दुई देशबीच कुनै ठूलो समस्या नरहेको पनि प्रष्ट पार्नुभयो ।

भारत ठूलो हृ,दय बोकेर सीमा समस्याको समाधानको लागि धर्म पालना गर्न तयार रहेको पनि उहाँको भनाइ थियो । नेपाल र भारतबीच कुनै ठूलो सीमा समस्या नभएको जिकिर गर्दै उहाँले साना तिना विवाद भए आपसमा बसेर यो समाधान गर्न भारत तत्पर रहेको पनि बताउनुभयो ।

भातरको आयुष मन्त्रालयका बोर्ड सदस्य समेत रहेका उपाध्यायले पूरै विश्वमा नेपाल एक मात्रै त्यस्तो देश भएको जो कहिले पनि कसैको दास बन्नु नपरेको भन्दै नेपालको प्र,शंशा पनि गर्नु भयो । दास हुँदाको पी,डा र स,जाय आफुहरुले भो,गेको चर्चा गर्दै कसैको दास नभएको नेपाल त पूरा विश्वको शीर एवं टोपी भएको बताउनुभयो ।

नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा पनि असर पर्ने चर्चा गर्नुभयो । उहाँले भारतबाट नेपाललाई कहिल्यै पनि हानी नभएको दावी पनि गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।