चीनमा रहेका नेपालीलाई पनि कोरोना देखिएन, वुहान विमानस्थलमा बोर्डिङ पास लिए, हेल्थ जाँच हुँदै

काठमाडौं । कोरोना भाइ,रसको महामा,री फैलिएपछि उत्तरी छिमेकी मुलक चीनबाट नेपालीहरुलाई शनिबार उ,द्धार गर्न वायु सेवा निगमको विमान चीनको वुहान पुगेको छ । हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई शनिबारै वायु सेवा निगमको वाइड बडी विमानले काठमाडौं ल्याउने छ ।

यसरी उद्,धार गर्न लागिएका नेपालीहरुले सामाजिक सञ्जालमा केही तस्वीर, भिडियो शेयर गरेका छन् । सौरभ लुँइटेल नामका एक व्यक्तिले विमानस्थलमा बोर्डिङ पास लिन लागिएको भन्दै भिडियो पोस्ट गरेका छन् । उनले स्थानीय सयमअनुसार ८ बजेबाट लगेज हेल्थ जाँच हुँदै गरेकोसमेत बताएका छन् ।

अर्का डा.जीतसिंह भण्डारीले पनि केही तस्वीर शेयर गरेका छन्। विमानस्थलमा उनीहरुको पहिलो चरणको स्वास्थ्य परीक्षण भइसकेको छ । पहिलो चरणमा १८५ विद्यार्थी कसैलाई पनि सं,क्रमण देखिएको छैन। १८५ मध्ये १४३ छात्र छन् भने तीनजना बच्चासहितका ४२ छात्रा छन् । उनीहरु सबै वुहान आसपासका सहरबाट विमानस्थल आएका हुन् ।

चीङचउ, चीङमन, वनसी, शयान, यिथाङलगायत सहरबाट उनीहरु बस चढेर विमानस्थलमा आइपुगेका हुन् । कतिपय विद्यार्थी विभिन्न ठाउँको परीक्षण पार गर्दै उनीहरु एयरपोर्ट आइपुगेका हुन् ।

कतिपयले एयरपोर्ट आइपुग्न १२ घण्टाको बस यात्रा गरेका छन्। १८५ नेपालीमध्ये १७९ जना विद्यार्थी हुन् । एकजना भने कामदार भिसामा चीन गएका नेपाली हुन् भने अन्य चारजना चीन घुम्ने क्रममा वुहान पुगेका थिए । उनीहरुको साथमा तीनजना बालबच्चासमेत भएको पइचिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖