नेपाली भूमि मि चेर महाकालीवारी सडक खन्दै भारत

काठमाडौं, फागुन ४ । दार्चुलाको ब्यास गाउँपालिका-१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ।

भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक बनाएर डोजर र निर्माण सामग्री ढुवानी गरिरहेको खबर आजको कान्तिपुर दैनिकमा दार्चुलाबाट मनोज बडूले लेखेका छन्।

ब्यास गाउँपालिका–१ र २ को सीमा क्षेत्र बयलीधारबाट करिब एक किलोमिटरमाथि डेढ सय मिटर तथा त्यसकै केही अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर जतिको डोजर जाने सडक बनाएको छ।

एकतर्फी रुपमा सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकका कारण महाकाली साँघुरिदै र नेपालतर्फको घोरेटो बाटोमा समेत क्षति गरेको छ। नदीको वारिपारि ठूल्ठूला ढुंगाहरुले पानी नै देखिँदैन।

धेरै ठाउँमा नदीले कटान गरेपछि ब्यास जोड्ने घोरेटोको भत्किएको छ। भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई कुनै जानकारी नदिई अन्तर्राष्ट्रिय सीमा नदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो।

नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साता बढी भएको स्थानीयले बताए। एउटा काठेपुल डेढ महिना अघि र दोस्रो महिना दिन अघि राखेको हो।

माल्पा नजिकको काटार नजिक अन्तर्राष्ट्रिय सीमा नदी महाकालीकोबीच भागमा ठूल्ठूला ढुंगा नदीको माथि राखेर पानीलाई ढुंगामुनि छिराएर जुनसुकै सवारी साधन गुड्ने सडकजस्तै पुल बनाएको छ।

त्यसको करिब ७ सय मिटर पर पेल्सितिमा महाकाली वारपार गर्ने राम्रो काठेपुल राखेको छ। ‘भारतले दुईवटै ठाउँमा तीनदेखि चार मिटर चौडा सडक खनेर दैनिकजसो निर्माण सामग्री ढुवानी गर्दै आएको छ,’ स्थानीय एक जना कामदारले भने, ‘आवश्यक परे डोजरहरु पनि यताउता हुने गर्छन्।’ उक्त ठाउँको भारततिर कडा चट्टानी भूभाग र नेपालतर्फ माटो भरिएको जमिन हुँदा भारतले निर्माण सामग्री ढुवानी गर्न सडक खनेको हो।

माल्पा नजिक काठका तीनचार डड्डी लगाएर सामान तार्ने र त्यसको करिब ६ सय मिटर पर काटार पानीमा कल्भर्ट जस्तै पुल राखेको छ। प्रायजसो उक्त क्षेत्रबाट आवतजावत गर्ने मानिसहरु यही बाटो प्रयोग गर्ने गरेको कामदारले बताए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।