कोरोना क हर : वुहानबाट फ र्किएका नेपालीको खुसी, भन्छन्– क्वा रेन्टाइनमा जति दिन राखे पनि हुन्छ

काठमाडाैं,फागुन ४ ।  कोरोना भा इरस सं क्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट १७५ नेपाली स्वदेश फिरेका छन् ।

उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्दार गरिएको हो। उद्धार गरिएकामा १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार छन् ।

कोरोना संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ नेपालीले घर’ फर्कन बेइजिङस्थित नेपाली दुतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ। अरू ६ जना फर्कन पाएनन् ।

दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूकै परिवारका सदस्य हुनाले नउडेका हुन् । घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन् । घर फर्कन पाएका विद्यार्थीको अभिभावकले राहतको सास फेरेका छन् ।

उनीहरूले आफ्ना सन्तानलाई स्वदेश फर्काउनका लागि सरकारलाई दबाब दिन संघर्ष समिति नै बनाएका थिए ।

‘क्वारेन्टाइनमा राख्ने भनिएको खरिपाटीमा के-कस्तो व्यवस्था छ, हामीलाई थाहा छैन । देशमै फर्किएपछि जेसुकै होस् । १५-२० दिनको कुरा न हो,’ संघर्ष समितिका संयोजक वसन्त भण्डारीले भने, ‘अर्काको देशमा डरलाग्दो रोगको महामारी भएका बेला छोराछोरीको चिन्ताले मन पोलेको थियो। अब शान्त भयो ।’

अर्का अभिभावक दिनेश श्रेष्ठले क्वारेन्टाइनमा जति दिन राखे पनि आफ्नो कुनै गुनासो नरहने बताए । ‘क्वारेन्टाइनमा १४ दिन मात्र होइन, २१ दिनसम्म पनि राख्नुपर्ने हुन सक्छ भनेर हामीलाई जानकारी दिइएको छ । त्यसमा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘महामारीका बेला आफ्नो देश फर्कन पाउनु ठूलो कुरा हो । श्रेष्ठले आफूलाई अहिले बच्चा जन्मिँदा अस्पतालको अपरेसन थिएटर बाहिर कुरिरहेको जस्तो भान भएको सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।