अब त घरै आइयो भनेर ढु,क्क भएका छौं – यस्तो छ वुहानबाट फर्केका नेपालीको अनुभव
काठमाडौं । नेपाल जाने भनेर कुरा चलेको निकै दिन भएको थियो। जान पाइएला कि नपाइएला भन्ने ड,र मनमा थियो। अन्ततः जाने दिन आउँदा निकै उ,त्साहित थियौँ।
हामीलाई वुहानको स्थानीय समयअनुसार साँझ ६ बजेसम्म एयरपोर्ट पुगिसक्न भनिएको थियो। टाढाका शहरमा बस्नेलाई बिहान ५ बजेदेखि नै गाडीले पिकअप गर्न सुरु गरेको थियो। हामी सबै भनेकै समयमा एयरपोर्ट पुगेका थियौं।
एयरपोर्टमा सबै १८५ जना नै भेट भयौँ। केही साथीहरुसँग पहिले नै चिनजान थियो। सबैमा उत्साह अनि एक किसिमको ड,र पनि थियो। किनभने, नेपाल आउनुपूर्व स्वास्थ्य जाँच हुँदै थियो। हामीलाई वुहानको स्थानीय समय राति ८ बजे स्वास्थ्य जाँच गर्न सुरु गरिएको थियो।
स्वास्थ्य जाँचको समयमा केही समस्या देखिए नेपाल जान पाइँदैन भन्ने ड,र लागिरहेको थियो। मजस्तै अरु साथीहरुमा पनि त्यही डर थियो। केही साथीहरु बिहानदेखि यात्रा गरेर एयरपोर्ट आउनुभएको थियो। बढी उ,त्साहित भएर शरीरको तापक्रम बढी देखिँदा पनि आउन पाइने अवस्था थिएन।
एकखालको उ,त्साह, ड,रले पनि मानिस रातोपिरो देखिने, शरीरको तापक्रम बढ्ने हुने हुन्छ। यस्तो केही नहोस् भनेर प्रार्थना गरिरहेका थियौं। हामी सबैको स्वास्थ्य जाँच गर्दा ६ साथीको तापक्रम बढी देखिएर आउन सक्नुभएन। त्यसको मतलब उहाँहरुलाई कोरोना सं,क्रमण भयो भन्ने बुझ्नु हुँदैन।
उहाँहरुको तापक्रम बढी देखिएको हो। र,गतको जाँच हुनै बाँकी छ। केही सञ्चारमाध्यमले कोरोनाको सं,क्रमण भएर नेपाल आउन नपाएको भन्ने प्रचार गरेको देखेर नराम्रो लाग्यो। र,गतको रिपोर्ट आउनै बाँकी छ। अहिले नै हतारमा केही भन्नुहुँदैन भन्ने लाग्छ।
नेपाल गएर कस्तो स्थान राख्छ, कस्तो व्यवस्थापन होला भन्ने कौ,तुहलता थियो। यहाँ पुगेपछि हामीले अपेक्षा गरेकोभन्दा राम्रो व्यवस्था गरिएको रहेछ। किनकि बगंलादेशले उ,द्दार गरेका नागरिकलाई क्याम्पमा, टेन्ट लगाइएका शिविरमा राखेको कुरा आइरहेका थिए। हामीलाई पनि यस्तैमा राख्छ कि भन्ने लागेको थियो। तर, हामीलाई पक्की घरमा सबै व्यवस्थासहित राखिएको छ। बाहिर मर्निङ वाक निस्कन मिल्ने वातावरण छ भने बस्तीदेखि टाढै राख्ने व्यवस्था मिलाइएको रहेछ।
वुहानबाट नेपालीलाई उ,द्दार गरेर खरिपाटीमा राख्ने कुरा भएदेखि त्यहाँ राख्न नहुने भन्दै नेतादेखि स्थानीयले वि,रोध गरिरहेका समाचार पढ्दा नराम्रो लागिरहेको थियो। यहाँ आइपुगेपछि यस्तो केही रहेनछ। ६ जना साथी आउन नमिलेपछि हामी १७५ जना नेपाल आयौं। हामी बिहानको ३ बजेतिर नेपालमा ल्याण्ड भएका थियौँ।
ल्याण्ड भएपछि सबै साथीहरुले खुसीले अब त घर आइयो भनेर ताली बजाउनुभएको थियो। हामीलाई सिधै खरिपाटी ल्याइएको छ। विभिन्न ब्लकमा २, ३ जना राख्ने व्यवस्था गरिएको रहेछ। स्वास्थ्यकर्मीहरु पनि यहाँ हुनुहुन्छ भन्ने लागेको छ। उहाँहरुले माइकमार्फत् हामीलाई सूचना दिइरहनुभएको छ।
२४ घण्टाभित्र र,गत जाँच गर्ने भन्नुभएको छ। आज हुन्छ होला। कोरोनाको भा,इरस शरीरमा १४ दिनसम्म रहन सक्छ। त्यसैले यो समय यही बस्नुपर्छ। यहाँ बस्नु परे पनि घरै पुगेको जस्तो फिल भएको छ। अब त घरै आइयो भनेर ढु,क्क भएका छौं।
(चीनको वुहानबाट उद्दार गरेर ल्याइएका सौरभ लुइँटेलसँग कल्पना पौडेलले गरेको कुराकानीमा आधारित नेपाल लाईभबाट साभार)


