आफ्नै देश सं,कटमा परिरहेका बेला चीनले गर्यो नेपाललाई ६५ अर्ब सहयोग

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले झापाको दमकमा निर्माण हुने नेपाल–चीनमैत्री औद्योगिक पार्क नेपालमा नै सबैभन्दा ठूलो विदेशी लगानीको हुने बताउनुभएको छ । दमक नगरपालिकामा औद्योगिक पार्क निर्माण परियोजनाबाट क्ष,तिपूर्ति पाउने गरी प्रभावितका लागि आयोजित वित्तीय सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो नेपालका लागि नै अनौठो अवसर र दमकका लागि त सबैभन्दा ठूलो सपना नै रहेको बताउनुभयो ।

उहाँले यसै भएका हुँदा स्थानीय तह र सरोकारवाला सबैले यस अवसरलाई उचित सदुपयोग गर्न सहयोग गरी लगानीमैत्री वातावरण निर्माण गर्न आ,ह्वानसमेत गर्नुभयो । उपाध्यक्ष कँडेलले सुरुमा सुन्दा त आफूलाई नि पत्यार नलागेको तर औपचारिक सम्झौताका काम अघि बढेपछि भने यसलाई नेपालका लागि ठूलो अवसरका रूपमा लिएको उल्लेख गर्नुभयो ।

चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कुल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ । दमक, गौरादह नगरपालिक र कमल गाउँपालिकाको कुल २१ सय बिघा क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण गरिने भएको छ ।यसमा क्षतिपूर्ति र अन्य कारणले लगानी गर्ने वातावरण निर्माण गरिएन भने यो नआउने भएकाले सबै स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रनितिनिधि, स्थानीय बासिन्दालगायतलाई समेटेर छलफल गरी औद्योगिक वातावरण निर्माण गर्न आ,ह्वान गरिएको हो ।

उहाँले यो लागनी भित्रिए यहाँ ठूलाठूला उद्योग आउन सक्ने र अझै धेरै लगानीका बाटा खुल्दै जाने चर्चा गर्दै अन्तर्राष्ट्रियस्तरका ठूला कार मोटर पार्ट निर्माणदेखि इलेक्ट्रोनिक्स आईटीसम्बन्धीका सामान उत्पादन गर्ने कम्पनी आउने योजना रहेको जनाउनुभयो ।कार्यक्रममा नेपाल लगानी बोर्डका सदस्य बालकृष्ण शिवाकोटीले नेपालमा उद्योग थला पर्नुमा ५०औँ वर्षसम्म मुआब्जाको विषयलाई लिएर हुने आन्दोलन चक्काजाम हो । त्यसैले यस्ता विषयलाई सुरुमा नै विवादरहित तरिकाले निर्मूल बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

औद्योगिक क्षेत्र विकास समिति लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोही पनि स्थानीय बासिन्दालाई सुकुम्बासी बनाएर उद्योग सञ्चालन नगरिने बताउनुभयो । उद्योगले सबै सरोकारवालाहरूसँग बसेर सबैका गुनासा सुनेपछि उचित सहमतिका आधारमा आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । औद्योगिक क्षेत्रमा नै गएर सार्वजनिक सुनुवाइ गरिने उहाँले बताउनुभयो ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले मानिसको स्वास्थ्य बिगारेर फस्टाउने उद्योग नभई वातावरणमैत्री उद्योग निर्माणमा स्थानीय तहको सधैँ सहयोग रहने बताउनुभयो । गौरादह नपाका प्रमुख रोहितकुमार शाहले उद्योग स्थापना हुने क्षेत्रका सर्वसाधारण कसैलाई पनि अन्याय नहुने गरी काम अघि बढाउन माग गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा टीकाराम उप्रेतीले लेखेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।