अख्तियारको अनुसन्धान फाइल भित्र देउवा पत्नी आरजुको नाम, देउवा त,नावमा

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले त,नावमा परेका छन् । काँग्रेसको उप-सभापति विजय कुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मु,द्दा दर्ता गरे संगै अहिले आरजु देउवामाथि समेत सुक्ष्म अनुसन्धान भईरहेको सूचना थाहा पाएपछि देउवा त,नावमा परेका हुन् ।

कांग्रेसका उप-सभापति विजयकुमार गच्छदारमाथि ललिता निवास जग्गा प्र,करणमा अख्तियार दु,रुपयोग अनुसन्धान आयोगले मु,द्दा दर्ता गरेपछि शेर बहादुर देउवालाई बै,चैन बढेको थियो ।

अख्तियारले कांग्रेसका अरु नेताहरु माथि समेत सुक्ष्म अनुसन्धान सुरु गरेको र शिर्ष नेताहरुलाई समेत ता,न्ने भन्ने सूचना पाएपछि देउवालाई अझै त,नाव थपिएको छ । अख्तियारको अनुसन्धान फाइल भित्र देउवा पत्नी आरजु देउवाको नाम पनि परेको भन्ने थाहा पाएपछि देउवा त,नावमा परेका हुन् ।

नेपाली कांग्रेसको उच्च श्रोतका अनुसार पार्टीका शिर्ष नेताहरु र पूर्व मन्त्रीहरुको अ,कुत सम्पति माथि छानविन अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले अघि बढाईरहेको र सभापतिको पत्नी आरजु देउवाको नाम पनि परेको हुँदा शेरबहादुर देउवाको त,नाव अहिले बढेको छ । आरजु देउवाको नाममा महँगो घर जग्गा रहेको जुन सुरुमा बुवाको नाममा किनेर केहि महिना पश्चात आफ्नो नाममा ल्याएको विवरण अनुसार अख्तियारले अनुसन्धान गरिरहेको र यहि विषयमा मु,द्दा दायर समेत हुने तयारी रहेको सूचना बुढानिलकण्ठ पुगेको छ । यस कारण शेरबहादुर देउवा अहिले तनावमा छन् ।

अख्तियारका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफ्नो कार्यकाल मै आरजु देउवामाथि अ,नुसन्धान सुरु गरेका थिए । उक्त समयको अनुसन्धान कै आधारमा मु,द्दा चलाउने समेत तयारी थियो । अख्तियार श्रोतका अनुसार अहिले अख्तियारले शिर्ष नेताहरु र पूर्व मन्त्रीहरुको अनुसन्धानलाई अघि बढाउन लागे संगै आरजु देउवाको नाम समेत अ,ग्रपन्तीमा रहेको बुझिएको छ ।

शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आरजु देउवालाई महामन्त्री पदमा अगाडी बढाउने तयारी गरिरहेका छन् । देउवाले आरजुलाई कांग्रेसको नेतृत्वमा पुर्याउने लक्ष्य सहित हिंडेकाले गर्दा अख्तियारले गर्दा स,मस्या पर्ने देखिएकाले अहिले बुढानिलकण्ठमा त,नाव छाएको श्रोतले जनाएको छ । शेरबहादुर देउवाले आरजु देउवालाई नेतृत्वमा अगाडि बढाउने देखिएकाले कांग्रेस भित्र देउवासंग शिर्ष नेताहरु अ,सन्तुष्ट रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।