कोरोनाको प्र भाव : बजारमा लसुनको अ भाव

काठमाडौं । कोरोना भाइरसका कारण नेपाल–चीन सिमाना बन्द हुँदा नेपाली बजारमा लसुनको अभाव देखिन थालेको छ । नेपालमा भारत र चीनबाट लसुन आयात हुने गरेको छ । नेपाली र भारतीय लसुन बजारमा आउने बेला भएको छैन । यही समयमा चीनबाट पनि आयात बन्द भएपछि बजारमा लसुनको अभाव देखिएको व्यवसायीहरू बताउँछन् ।

पुसको शुरूदेखि चीनको उहान प्रान्तमा कोरोना भाइरस महामारीको रूपमा फैलिएको थियो । त्यसलाई नेपालमा फैलिन नदिन माघ तेस्रो सातादेखि चीनसँग जोडिएका सबै सीमा नाका बन्द गरिएका कारण चीनबाट हुने आयात ठप्प छ । चिनियाँ लसुनको भण्डार रित्तिएपछि कालीमाटी फलपूmल तथा तरकारी विकास समितिले लसुनको मूल्यसमेत तोक्न छाडेको छ । प्रशान्त खड्काले आजको आर्थिक अभियानमा लेखेका छन् ।

नेपालमा यो याममा चीनबाट सबैभन्दा बढी आयात हुने खाद्य वस्तु लसुन हो । त्यसैको प्रभाव परेर लसुन अभाव भएको कालीमाटी फलपूmल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘यो सिजनमा चिनियाँ लसुनले माग धान्ने गरेको छ । चीनबाट लसुन आयात नभएपछि बजारमा यसको अभाव देखिएको हो,’ उनले भने, ‘भण्डारणमा रहेको नेपाली लसुन सकिइसकेको छ ।’ बजारमा लसुनको अभाव देखिन थालिसकेको उनले बताए ।

पछिल्लो समय नेपालमा लसुनको उत्पादन घटेको र विदेशी लसुनको आयात बढ्दै गएको व्यवसायी बताउँछन् । चिनियाँ लसुन नेपाली र भारतीयभन्दा किफायती हुने भएकाले बढी खपत हुने गरेको तरकारी व्यवसायी कुशल लामा बताउँछन् । ‘चीनको लसुनको माग बढी भएकाले हामीले आयात गर्ने गरेका थियौं,’ उनी बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महीनामा मात्रै चीनबाट भन्दा भारतबाट ४ गुणा बढी लसुन आयात भएको छ । यसअवधिमा चीनबाट साढे ३८ अर्ब रुपैयाँ बराबरको ३४ हजार मेट्रिक टन लसुन आयात भएको छ । जबकि यही अवधिमा भारतबाट रू. ९ करोडको ६०० मेट्रिक टन लसुन आयात भएको देखिन्छ ।

भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारका व्यवसायी बालकृष्ण श्रेष्ठका अनुसार नेपाली लसुनले करीब ३ महीनाको बजार माग धान्छ । बाँकी लसुनका लागि विदेशी लसुनको भर पर्नुपर्छ । हरेक वर्ष यस याममा लसुनको अभाव हुने र मूल्य वृद्धि हुने गरेको छ । तर प्रतिकिलोको मूल्य रू. ४ सयभन्दा बढी पुगेको यो नै पहिलोपटक भएको उनले बताए ।

अर्का व्यापारी अनिल तिवारी मूल्य वृद्धिसँगै लसुनको माग पनि घटेको बताउँछन् । सुकेको लसुनको मूल्य बढ्दै गएपछि बजारमा हरियो लसुनको माग बढ्दै गएको छ । नेपाली लसुन बजारमा आउन थालिसकेकाले विस्तारै मूल्य घट्दै जाने उनी बताउँछन् ।

चिनियाँ लसुनको आयातमा आएको कमीले १ महीनाको अवधिमा लसुनको मूल्य करीब ३ गुणा बढेको छ । पुस अन्तिम साता प्रतिकिलो रू. २५० मा पाइएको लसुन अहिले प्रतिकिलो रू. ७ सयको बराबरीमा पुगेको छ । स्टकमा रहेको लसुन समेत केही व्यवसायीले लुकाउन थालेको बल्खु तरकारी बजारका एक व्यवसायीले बताए । यही अवस्था रहे लसुनको मूल्य अझै बढ्ने उनको अनुमान छ । यद्यपि, कसैले लसुन लुकाएको पाइएमा कारबाही गर्ने र त्यसको अनुगमन गरिरहेको समितिले बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।