र क्षामन्त्री पोखरेल आज भारतले अ तिक्रमण गरेको का लापानी जाँदै

काठमाडौं, फागुन ५ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन्।

‘हामी हाम्रो भूमि एक इन्च पनि छाड्दैनौं’, उनले भने, ‘हामीलाई अरू देशको भूमि पनि चाहिँदैन।’ भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेपछि उनी पहिलो पटक दार्चुला आएका छन्।

उनले देशको सिमाना मिचेको कुरा नसहने स्पष्ट पारे। ‘कालापानीसहितको भूभागका बारेमा भारतसँग कुरा भएको छ’, दार्चुला उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापार मेला तथा दार्चुला महोत्सव उद्घाटनमा उनले भने, ‘हामीले त्यो भूमि फिर्ता लिन्छौं।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दार्चुलाबाट सुन्दरसिंह धामीले लेखेको समाचारअनुसार उनले कालापानीसहित लिपुलेक र लिम्पियाधुराका बारेमा राजनीतिक दल एकै ठाउँमा उभिएकाले आफ्नो भूमि फिर्ता ल्याउने विषयमा भारतसँग वार्ता गर्न सजिलो भएको उल्लेख गरे।

उपप्रधानमन्त्री पोखरेलसहित सुरक्षा अधिकारी सोमबार बिहान कालापानी क्षेत्रको स्थलगत निरीक्षणमा जाँदै छन्। प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उपप्रधानमन्त्रीसहितको टोली कालापानी जाने कार्यक्रम रहेको बताए।

‘सरकारले छाङरुमा सशस्त्र प्रहरी बेसक्याम्प राख्ने निर्णय गरेको छ। त्यसका लागि उच्चस्तरीय टोलीले निरीक्षण गर्नेछ। कालापानी क्षेत्रको अवलोकन पनि हुन्छ’, उनले भने, ‘उपप्रधानमन्त्रीज्यूसहित सुरक्षा अधिकारी बिहान १० बजेतिर कालापानी जाने कार्यक्रम तय भएको छ।’

कालापानी क्षेत्रमा ५–६ फिट हिउँ जमेको छ। त्यसैले हेलिकप्टर कुन स्थानमा अवतरण गर्ने भन्ने टुंगो नलागेको उनले सुनाए। ‘५–६ फिट हिउँ जमेको छ। कालापानी आसपासको क्षेत्रमा पनि अवतरण हुन सक्छ’, उनले भने।

उपप्रधानमन्त्री पोखरेल कालापानी अवलोकनमा जाने भएपछि दार्चुलावासीमा कालापानीसहितको सीमा क्षेत्र फिर्ता हुने आशा जागेको छ। ‘रक्षामन्त्रीको कालापानी क्षेत्रको निरीक्षण महत्वपूर्ण हो’, दार्चुलाका संघीय सांसद गणेश ठगुन्नाले भने, ‘यसले सबैमा हाम्रो भूमि फिर्ता हुन्छ भन्ने आशा जागेको छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।