खाद्यान्नमा ४८ प्रतिशतसम्म मूल्यवृ द्धि, यसकारण ब ढ्यो मूल्य

काठमाडौं, फागुन ५ । खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।

गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८.२४ प्रतिशतसम्म बढेको खबर आजको कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले लेखेका छन्।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहमा रहेका अन्य वस्तुको मूल्य पनि बढेको छ।

प्रतिवेदनअनुसार गत पुसमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी र फलफूलको मूल्यवृद्धि उच्च थियो । मसलाको मूल्यवृद्धि दर १५.०६ प्रतिशत बढेको छ।

अघिल्लो वर्षको पुससम्म यस्तो मूल्यवृद्धि २।.६६ प्रतिशत मात्र थियो । दलहन र रक्सीजन्य पेय पदार्थको मूल्यवृद्धि दर १०–१० प्रतिशत बढेको छ ।

गत वर्षको पुसमा दलहन वस्तुको मूल्यवृद्धि दर ६.०४ प्रतिशत घटेको थियो भने र रक्सीजन्य पेयमा करिब १२ प्रतिशत बढेको थियो । यस वर्ष समग्र मूल्यवृद्धि दर ६.८२ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो वृद्धिदर ४.५८ प्रतिशत थियो ।

भारतमा खाद्य वस्तुको मूल्य उच्च भएकाले नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।

खडेरीका कारण पछिल्ला महिनामा भारतमा तरकारीको मूल्य अकासिएको छ । ‘नेपालको मूल्यवृद्धि आयातित हो,’ भट्टले भने, ‘यस्तो मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक उत्पादन बढाउनुपर्छ ।’

नेपालको दुई तिहाइ व्यापार भारत केन्द्रित रहेकाले त्यहाँको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव यता पर्छ । ‘पछिल्ला महिनामा आयात बढ्दो छ, धेरै आयात भारतबाटै हुन्छ,’ भट्टले भने, ‘भारतमा मूल्यवृद्धि तत्काल घट्ने सम्भावना छैन । आगामी दिनमा पनि नेपालको मूल्यवृद्धि दबाबमा रहन सक्छ।’

गत पुसमा भारतमा मूल्यवृद्धि दर ७.५९ प्रतिशत छ । अघिल्लो वर्षको त्यही अवधिमा त्यहाँ मूल्यवृद्धि दर २।०५ प्रतिशत थियो ।

गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि २.६५ र गैरखाद्य समूहको ६.११ प्रतिशत थियो । दैनिक उपभोग्य खाद्यको तुलनामा गैरखाद्य वस्तुको मूल्य भने कम मात्र बढेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।