प्रजातन्त्र टाठाबाठाका लागि मात्र हैन – पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह यतिबेला भारतमा छन् । उनी आइतबार दिल्ली प्रस्थान गरेका हुन् । दिल्लीबाटै पूर्व राजा शाहले प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्तिमार्फत् शुभकामना दिएका छन् ।

७ फागुन राणा शासनको अन्त भई प्रजातन्त्र स्थापना भएको दिन हो । यस अवसरमा उनले प्रजातन्त्र केही टाठाबाठा र केहीको आर्थिक स्वार्थका लागि मात्र दु,रुपयोग भएको भन्दै आलोचना गरेका छन् ।

उनले भनेका छन्, ‘केही टाठाबाठाका निमित्त मात्रै हैन, केहीको आर्थिक स्वार्थका लागि मात्र हैन, प्रजातन्त्र सबै जनता, सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ ।’

देशमा प्रजातन्त्र जनजीवनको उ,त्थान, उ,मंग र उ,त्साहमा सार्थक हुन नसकिरहेको टिप्पणी गरे । राजनीतिक दलहरुप्रति सं,केत गर्दै उनले सबैलाई जिम्मेवार हुन आ,ग्रह गरे । सबैको सामाजिक संस्कृति र मौलिक मान्यतालाई बुझेर अगाडि बढ्न सुझाव दिएका छन् ।

इतिहासलाई नभुल्न भन्दै उनले विज्ञप्तिमा भनेका छन्, ‘यस अवसरमा हामी भन्दछौँ हामीले हाम्रो इतिहास नभुलौँ । वर्तमानलाई नबिर्सौँ, भविष्यको को,रा सपना मात्र बाँ,डेर समय खेर नफाली प्रजातन्त्रिक धर्मको नि,र्वाह गरौँ । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् ।’

पूर्व राजा शाहले तत्कालिन राजा त्रिभुवनलाई प्रजातन्त्रदाता भनेका छन् । प्रजातन्त्र शब्दमा नभई व्यवहारमा देखिनुपर्ने उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।