बुबा म आँखा देख्छु होला नि है, कस्तो छ बुबा बाहिरको संसार ?

रिदम सिंह, बझाङ । बझाङको साईपाल गाउँपालिका वडा नम्बर ४ की पिउलीकुमारी रोकाया अहिले १४ बर्षमा टे,किन । उनी एक बर्षको हुँदा सम्म आँखा देख्थिन । दुई बर्ष पूरा हुन केही दिन बाँकी हुँदा उनी झा,डापखालाले थला परिन ।

नजिकै स्वास्थ्य चौकी समेत नभएको र घरको आर्थिक अवस्था समेत निकै ना,जुक भएका कारण उनका अभिभावकले उनको उपचार गर्न सकेनन् । करिब २ महिना सम्म उनी थ,लापरिन् ।

उनका उभिभावकहरुले छोरी बाँ,च्दैन भन्दै आ,श समेत का,टी सकेका थिए । धन्न जे,नतेन उनी बाँचिन् । उनलाई राम्रो भयो तर पछि गएर आँखा देख्न नसक्ने भईन् । छोरी आँखा देख्न नसक्ने भएपछि कसैले र,तन्धो लागेको र कसैले देवी देउता लागेर यस्तो भएको भन्दै कुराहरु का,ट्न थाले ।

उनका परिवारका सदस्य पनि धामीझाँ,क्री तर्फ नै बढी लागे । त्यो उनको परिवारको बाध्यता थियो । घर छोडेर बाहिर नि,ष्कन र छोरीको उपचार गराउनका लागि आर्थिक अवस्था समेत थिएन ।

गाँउले तथा छिमेकीको घरमा काम गरेर छोराछोरी र आफ्नो परिवारको पेट पा,ल्नु पर्ने बाध्यता उनको परिवारको थियो । जसका कारणले उनको उपचार गराउन सम्भव भएन र अहिले सम्म अ,न्धकारमय जीवन वितानु पर्यो पिउलीले ।

गाँउका दाजु भाई दिदी बहिनी र छिमेकीसंगै गाँउ बाहिरबाट जाने जति पनि मानिसहरु छन् उनीहरु सबैले छोरीको आँखाको उपचार गराए राम्रो हुने र छोरी देख्न सक्ने भन्दै सल्लाह दिदै आएका थिए ।

गाउँपालिका भै सकेपछि गाउँपालिकाले सहयोग गर्ने भन्दै गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले आश्वसन दिएपछि उनका बुबा गंगाराम रोकायाले छोरीको आँखाको उपचार गराउन कैलालीको गेटा आँखा अस्पतालमा लगे ।

गाउँपालिकाले २५ हजार सहयोग समेत गरेको रोकायाले बताए । सहयोग पछि पिउलीको दुबै आँखाको शल्यक्रिया २०७५ पुष महिनामा गरिएको हो । एक महिनापछि डाक्टरले फेरी चेकजाँच गर्न गे,टा आँखा अस्पताल कैलालीमा अनिवार्य आउनु भनेको थियो ।

गाउँमा माघ महिनामा बाक्लो हिउपात भयो । आफुसंग टिकट काट्न समेत पैशा नभएका कारण छोरीलाई लिएर उपचार गर्न जान नसकेको पिउलीका पिता गंगारामले बताए । अहिले गाँउकै युवाहरु मिलेर सदरमुकाम चैनपुरमा चन्दा सं,कलन गर्दै आएका छन् ।

रोकायाले त्यही चन्दा संकलन गरेको रकममा आश गर्दै सोही रकम लिएर छोरीको उपचार गराउन जाने सोच बनाएको बताए । छोरीले बुबा म आँखा देख्छु होला नि है ? कस्तो छ बुबा बाहिरको संसार, अनि आमा, बुबा, दाजुभाई दिदी बहिनीको अनुहार कस्तो छ ? भनेर सोध्ने गरेका पनि गंगाराम बताउछन् ।

जस्को जबाफ गंगारामसंग छैन र उनी केही बोल्न पनि सकिरहेका छैनन् । उनले आफ्नो जमिन पाखो भएका कारण विक्री गर्न समेत नमिल्ने गुनासो समेत गरे । पिउलीको आँखाको उपचारका लागि भन्दै कसैले २ सय कसैले एक हजार कसैले ५ सय गर्दै ६० हजार जम्मा भएको चन्दा संकलन गर्न लागेका छिमेकी राम बहादुर बोहराले बताए ।

सबै भन्दा बढी गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले ब्यक्तिगत दश हजार सहयोग गर्नु भएको छ । संकलन भएको रकम पनि अभाव हुने भएका कारण छोरीको उपचारमा बा,धा पुग्ने भन्दै गंगारामले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको अपिल समेत गरेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।